मुलुकलाई स्थिरतामा ल्याउन नयाँ सरकार बनेको छ : नेता ज्ञवाली

मुलुकलाई स्थिरतामा ल्याउन नयाँ सरकार बनेको छ : नेता ज्ञवाली
सुन्नुहोस्

गुल्मी : नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मुलुकलाई अस्थिरताबाट स्थिरतातिर ल्याउनका लागि देशमा नयाँ सरकार बनेको बताएका छन्। पुष्पलाल स्मिृति दिवसको अवसरमा एमाले गुल्मीले आयोजना गरेको सपथ ग्रहण कार्यक्रमका लागि गृह जिल्ला आएका ज्ञवालीले मुलुकको अर्थतन्त्रलाई सिथिलताबाट गतिशीलतामा लैजान, विकास निर्माणमा भएको बेथिति, ठहराव र अस्तव्यस्ततालाई अन्त्य गरी विकासको गति तीव्रता दिन सरकार गठन भएको बताए।

उनले १९ महिनाका अनुभवलाई ध्यानमा राखेर मुलुकमा देखिएको जोखिम र विचनलाई अन्त्य गरी नेपालको राष्ट्रिय हितको सम्बद्र्धन र समृद्धिका लागि एमाले सरकारमा आएको बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुका ठुला दललाई पालैपालो उपयोग गरेर सरकार टिकाई राख्छु भन्ने भ्रमले राजनीतिलाई विसंगत अवस्थामा पुराएको उपमहासिचप ज्ञवालीले आरोप लगा । प्रचण्ड नेतृत्वको सरकारले मुलुक गहिरो संकटमा परिसकेको र त्यसलाई जोगाउनका निम्ति नयाँ कोर्ष सुरु गरेर र सरकारले केही छनक देखाई सकेको उनले बताए।  

नेपाली कांग्रेस र नेकपा एमाले बीचको सहमतीमा बनेको सरकारले मुख्यतः चार विषयलाई प्राथमिकतामा राखेर अगाडी बढेको बताए। देशको राष्ट्रिय हित, अर्थतन्त्रको सुधार तथा चलायमान,सुशासन कायम र राजनीतिक स्थिरताका लागि यो सरकार गठन भएर काम गरिरहेको उपमहासचिव ज्ञवालीले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.