बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामा नियुक्त

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामा नियुक्त

हेटौंडा : बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिंह लामा नियुक्त भएका छन्। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा लामालाई नियुक्त गरेका हुन्। उनी नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। 

उनले आज दिउँसो एमालेको समर्थनमा प्रदेश प्रमुख शर्मा समक्ष मुख्यमन्त्रीमा दावी पेस गरेका थिए। त्यसलगत्तै मंगलबार साँझ प्रदेश प्रमुख शर्माले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। 

१२ वटा मन्त्रालय रहेको बागमतीमा मुख्यमन्त्रीसहित ७ वटा मन्त्रालयमा कांग्रेसले प्राप्त गरेको छ। यद्यपि हालसम्म कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने बारे भने टुंगो लागेको छैन। उता एमालेको भागमा परेको ६ वटा मन्त्रालयको भन्ने टुंगो लागिसकेको छ।

भोलि बिहान ११ बजे नव नियुक्त मुख्यमन्त्री र मन्त्रीहरूलाई शपथ ग्रहण गराउने तयारीमा प्रदेश प्रमुखको कार्यालयको छ। 


को हुन् मुख्यमन्त्री लामा? 
बुबा स्वर्गीय दीपबहादुर लामा तामाङ र आमा स्वर्गीय पुर्णिामाया लामा तामाङको कोखबाट विसं २०२७  कात्तिक ८ गते नुवाकोटको किस्पाङ्ग गाउँपालिका ५ मनकामनामा लामाको जन्म भएको थियो। सामान्य परिवारमा जन्मेर पनि पारिवारिक पृष्ठभूमिले सानै उमेरदेखि अब्बल र हक्की स्वभावका लामाले गाउँकै स्कुलबाट निमाबि, सदरमुकामबाट एसएलसी र काठमाडौंको शंकर देव क्याम्पसबाट स्नातकसम्मको शिक्षा हासिल गरेका छन्।

२०४३ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका उनी शंकरदेव क्याम्पस ईकाई सदस्य,२०४५ मा नुवाकोट क्षेत्रीय सभापति, जिल्ला उपसभापति हुँदै कांग्रेस राजनीतिमा उदाएका थिए।२०५४ सालको स्थानीय तहको निर्वाचनमा नुवाकोट  तत्कालीन मनकामना गाविस अध्यक्षमा भारी मतका साथ निर्वाचित लामा पार्टीको १३औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। उनी अहिले पनि कांग्रेसको केन्द्रीय सदस्य छन्। 

२०६४ सालमा नुवाकोट क्षेत्र नं.३ बाट संविधानसभा सदस्य पदको निर्वाचनमा झिनो मतान्तरले पराजित भए पनि, २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत माओवादी (हालको नेकपा माओवादी केन्द्र)का महासचिव चर्चित नेता पोष्टबहादुर बोगटीलाई भारी मतले हराएर संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए।

२०७४ सालमा प्रतिनिधिसभा सदस्य तथा २०७९ सालमा बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। शेरबहादुर देउवाका विश्वासपात्र लामा, काङ्ग्रेस वृत्तमा प्रभावशाली नेता भएकै कारण बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भए। गत ०७९ चैत २६ गते सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका उनले अड्डी कसेर अन्य ५ मन्त्रालय काङ्ग्रेसको भागमा ल्याउन सफल भए। सरकारमा गएकैबेला आफूलाई प्रभावशाली मन्त्री र नेता सावित गर्न सफल लामाको आम जनतामा समेत आशा र अपेक्षा छ।

संघीय सांसदको भूमिकामा रहँदै आफूलाई विकासप्रेमी नेताका रूपमा पहिचान बनाउन सफल लामा राष्ट्रिय राजनीति र जनतामा प्रभाव जमाउनसक्ने नेताका रूपमा परिचित छन्। 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.