म्याग्दीमा ३१ हजार पर्यटक

म्याग्दीमा ३१ हजार पर्यटक
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पुनहिलबाट दृष्य अवलोकन गर्दै पर्यटकहरू। तस्बिर : सन्तोष गौतम।
सुन्नुहोस्

बेनी : एक वर्षको अवधिमा ३१ हजार ३५४ जना पर्यटकले म्याग्दी भ्रमण गरेका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा म्याग्दी भित्रने पर्यटकको संख्या २५ हजार ३३४ र बाहिरिनेको ६ हजार २० जना रहेको छ। 

घोडेपानी र दरवाङमा रहेको इलाका प्रहरी कार्यालयले जिल्ला भित्रने र बाहिरिने पर्यटकको विस्तृत विवरणसहितको तथ्यांक राख्ने गर्छन्। 

आर्थिक वर्ष २०७९/०८० मा २९ हजार ३२८ र २०७८/०७९ मा ७ हजार ९२६ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए। म्याग्दीमा आउने पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी पर्यटकको रोजाइमा अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी, पुनहिल क्षेत्र पर्ने गरेको छ।  

धवलागिरी र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, खोपारा, अन्नपूर्ण धवलागिरी, धवलागिरी सेञ्चुरी, धवलागिरी चक्रीय, धवलागिरी आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत धार्मिक, प्राकृतिक र ऐतिहासिक स्थलको भ्रमणका लागि म्याग्दीमा पर्यटक आउने गर्छन्।

छिमेकी पर्यटकीय जिल्ला मुस्ताङमा म्याग्दीको सडक भएर जाने गर्छन्। अमेरिका, फ्रान्स, इटली, जर्मनी, कोरिया, चीन, भारत, पोर्चुगल, अस्ट्रेलिया, नेदरल्याडका साथै भारतीय पर्यटक धेरै आउने पर्यटकीय स्थल घोडेपानीको होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुनले बताइन्। 

प्रहरीको अभिलेख अनुसार म्याग्दीमा गत वर्ष १०३ देशका पर्यटक आएका छन्। सबैभन्दा बढी चिनका ६ हजार ३१३ जना छन्। बेलायतका २ हजार २७४, अमेरिकाका १ हजार ८९१, अस्ट्रेलियाका १ हजार ६८५, डटका १ हजार ३०४, फ्रान्सका १ हजार ७१६ र स्पेनका १ हजार ३६० जना रहेका छन्।  

सबैभन्दा बढी २०८० को चैत महिनामा ५ हजार ८४९ जना पर्यटक आएको तथ्याङ्क रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले बताए। जिल्लामा आएका पर्यटकहरू अन्य बाटोहरू प्रयोग गरि बाहिरिने भएकाले भित्रनेभन्दा बाहिरिनेको संख्या कम देखिएको उनले बताए।   

२०८० साउनमा ९४७, भदौमा ९७२, असोजमा ४ हजार २९८, कात्तिकमा ४ हजार ३५७, मंसिरमा ३ हजार १९९, पुषमा १ हजार ६२७, माघमा १ हजार ५७७, फागुनमा २ हजार ४४४, २०८१ वैशाखमा ४ हजार २०३, जेठमा एक हजार ४६६ र असारमा ३८८ जना पर्यटक आएका छन्। 

आर्थिक वर्ष २०७६/७७ मा ५० हजार, आव २०७५/७६ मा ७५ हजार १९१, २०७४/७५ मा ७४ हजार ७३३, २०७३/७४ मा ६९ हजार ८३७ जना विदेशी पर्यटकले म्याग्दी भ्रमण गरेका थिए। आव २०७२/७३ मा म्याग्दी भ्रमण गर्ने पर्यटकको संख्या ४३ हजार ६ सय ३२ जना र २०७७/७८ मा शून्य थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.