राहदानीबाटै पौने सात करोड आम्दानी

राहदानीबाटै पौने सात करोड आम्दानी
सुन्नुहोस्

नुवाकोट : बढ्दो बेरोजगारी समस्याका कारण नुवाकोटमा वैदेशिक रोजगारीमा जानेहरू बढिरहेका छन्। राहदानी जारी गरेवापत नुवाकोटबाट सरकारलाई गत आर्थिक वर्ष २०८०/०८१ मा पौने सात करोड रुपैयाँ राजश्व संकलन भएको छ। सरकारले नुवाकोटमा राहदानी जारी गरेर पौने सात करोडभन्दा बढी राजश्व संकलन गरेको हो।

 
गत आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालय नुवाकोटले राहदानी दस्तुरबापत ६ करोड ७५ लाख ६७ हजार ६ सय रुपैयाँ राजश्व संकलन गर्न सफल भएको छ। गत आर्थिक वर्षमा नुवाकोटबाट १२ हजार एक सय १७ थान राहदानी वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको  छ।

प्रशासनले राहदानीको बायोमेट्रिक आवेदन  भने १३ हजार ७ सय ७९ थान संकलन गरेको  छ। कार्यालयले एक हजार ६ सय ६२ थान राहदानी वितरण हुन बाँकी रहेको जनाएको छ। 

जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्षमा राहदानी वितरणसहित अन्य स्रोतबाट गरी कुल ६ करोड ८० लाख ४४ हजार नौ सय १० रुपैयाँ राजश्व संकलन भएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको भनाइ छ। 

प्रशासनले परीक्षा दस्तुरबापत १० हजार नौ सय, एजेन्सी दर्ता दस्तुर बापत तीन लाख ३० हजार ५०, हातहतियार इजाजत दस्तुरबापत ३५ हजार ६ सय  र प्रशासनिक दण्ड जरिवानाबापत एक लाख सात सय ६० रुपैयाँ राजश्व संकलन गरेको छ।
      
गत आवमा जिल्ला प्रशासनबाट कुल तीन हजार चार थान राष्ट्रिय परिचय पत्र वितरण गरिएको प्रशासकीय अधिकृत उपेन्द्र शाहको भनाइ छ। उनका अनुसार १९ हजार चार सय ६२ थान राष्ट्रिय परिचयपत्र दर्ता गरिएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.