आँधीखोलामा पौडिने क्रममा बेपत्ता पोखरेल अझै भेटिएनन्

आँधीखोलामा पौडिने क्रममा बेपत्ता पोखरेल अझै भेटिएनन्
सुन्नुहोस्

स्याङजा : शुक्रबार दिउँसो १ बजे आँधीखोलामा पौडी खेल्ने गएका २३ वर्षीय शिव पोखरेलको अवस्था अझै अज्ञात रहेको छ। हरिनास गाउँपालिका-५ वसन्त डाँडा घर भई हाल वालिङ नगरपालिका ८ विपी चोक नजिक डेरामा बस्ने पोखरेल आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

वालिङ बहुमुखी क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत उनी साथीहरूसँगै पौडी खेल्न गएका बताइएको छ। वालिङ ११ अमले स्थित आँधीखोलामा बेपत्ता भएका उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। 

प्रहरी निरीक्षक सुजनबाबु बिकको कमाण्डमा प्रहरीले खोजतलास जारी राखेको प्रहरी कार्यालयले जनाएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.