मोरङको बूढीगंगामा नहरले बगाएर वृद्धको मृत्यु
![मोरङको बूढीगंगामा नहरले बगाएर वृद्धको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/dead_20190729113216_zsSHcCCyZH_cn7PP4IpJr.jpg)
विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका–७ मा नुहाउने क्रममा नहरले बगाएर एक जना वृद्धको मृत्यु भएको छ । सुनसरी–मोरङ सिँचाई आयोजनाको नहरले बगाएर ७० वर्षीय साजुलाल चौधरीको मृत्यु भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार वृद्धलाई नुहाउने क्रममा शनिबार दिउँसो ३:३० बजेतिर नहरले बगाएको थियो । खोजी गर्ने क्रममा घटनास्थलबाट सय मिटरजति तल शव फेला परेको जानकारी उनले दिए ।
‘नुहाउने क्रममा वृद्धलाई नहरले बगाएछ,’ बस्नेतले भने, ‘खोजतलास गर्दा पूर्वतर्फ सय मिटरजति तल नहरको साइडमा शव फेला पर्यो ।’
शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा ल्याइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)