माछा पोखरीमा डुबेर कामदारको मृत्यु
![माछा पोखरीमा डुबेर कामदारको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/pokhari-mritu-photo_M0inyeoDA9_UPdKxqFy4I.jpg)
विराटनगर : माछा पोखरीमा डुबेर आइतबार एक जना कामदारको मृत्यु भएको छ। मोरङमा पूर्वसांसद (पूर्वप्रदेशसभा सदस्य) चुमनारायण तबदारले सञ्चालन गरेको माछा फार्मको पोखरीमा डुबेर बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीका ४० वर्षीय अर्जुन श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।
नेपाली कांग्रेसका नेतासमेत रहेका तबदारले बूढीगंगा गाउँपालिका–६ कोयलपुरमा तबदार माछा फार्म सञ्चालन गर्दै आएका थिए। बस्नेतका अनुसार श्रेष्ठ माछा फार्मका कामदार हुन्। माछा पोखरीमा डुबिरहेको अवस्थामा उनलाई दिउँसो १२:३० बजेतिर मृत फेला पारिएको जानकारी बस्नेतले दिए। स्थानीयले पोखरीमा डुबिरहेको देखेर प्रहरीलाई खबर गरेका थिए।
शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखिएको छ। डीएसपी बस्नेतका अनुसार कामदार कसरी पोखरीमा डुब्न पुगेभन्ने यकिन भइसकेको छैन। घटनाको अनुसन्धान भइरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)