सहकारीको समस्या सरकारको प्राथमितामा छ : गृहमन्त्री

संसदीय छानविन समितिले गृहमन्त्रीलाई भन्यो : रकम अपचलन गरेर देश–विदेशमा फरार रहेकालाई चाँडो पक्राउ गर्नू

संसदीय छानविन समितिले गृहमन्त्रीलाई भन्यो : रकम अपचलन गरेर देश–विदेशमा फरार रहेकालाई चाँडो पक्राउ गर्नू
सांकेतिक तस्बिर
सुन्नुहोस्

काठमाडौं : गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने बताएका छन्। सोमबार बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालयको भवनमा बसेको समितिको बैठकमा गृहमन्त्री लेखकले सहकारीको समस्यालाई सरकारले प्राथमितामा राखेको बताएका हु्न्। 

उनले भने,‘सहकारीको समस्या समाधानको विषय सरकारले प्राथमिकतामा राखेको छ। सहकारी बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समिति सरकारका लागि मार्ग निर्देशक भन्ने विश्वास लिएको छु।’

समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने गृहमन्त्री लेखकले प्रतिबद्धता व्यक्त गरे। देश–विदेशमा फरार रहेका सहकारीको रकम अपचलन र हिनामिनाका आरोपीलाई चाँडो पक्राउ गरी दिन समितिले गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो।

यस्तै छानविन समिति संयोजक सुर्यबहादुर थापा क्षेत्रीले सहकारी सम्बन्धि मुद्दामा जेलमा भएकाहरुको बयानका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए। गृहमन्त्री लेखकले सहकारीको बचत रकम हिनामिना गरी फरार भएकाहरुलाई पक्राउ गर्न काम गरिरहेको जवाफ दिए।

यस्तै उनले सहकारी बचत रकम हिनामिनाको आरोपमा पक्राउ गरी जेलमा राखिएकाहरुको बयानका लागि गृह प्रशासनले सहजीकरण गर्ने बताए। बैठकमा गृहसचिव एकनारायण अर्याल र नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) बसन्त कुँवर पनि सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.