सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौं : सुदूरपश्चिम प्रदेशको सरकार गठनका लागि आह्वान भएको छ। प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आइतबार बेलुका ५ बजेसम्म सरकार गठनका लागि आह्वान गरेका हुन्।

आइतबार ५ बजेभित्र सुदूरपश्चिम प्रदेशसभामा रहेका दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभाका सदस्यले मुख्यमन्त्री पदमा दाबी पेस गर्न सक्नेछन्।

मुख्यमन्त्री दीर्घ सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनको आह्वान गरेका हुन्। सुदूरपश्चिममा नेपाली कांग्रेसले सरकार बनाउने तयारी गरेको छ। मुख्यमन्त्रीका लागि आकांक्षी धेरै भएपछि कांग्रेसले सो विषयमा निर्णय गर्न सकेको छैन। 

null   


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.