अल्कारेजको प्रेमिकाको चर्चा
![अल्कारेजको प्रेमिकाको चर्चा](https://annapurnapost.prixacdn.net/media/albums/maria-gonzalez--carlos-alcaraz_UCtbjdp9rs_qmY6Gx6aJW.jpg)
पेरिस : फ्रान्सको राजधानी पेरिसमा जारी ३३औं गृष्मकालीन ओलम्पिक खेलकुदमा केही विवादका शृंखलासँगै रमाइला र रोचक घटना पनि भइरहेका छन्।
यस्तै रोचक घटना टेनिस स्टार कार्लोस अल्कारेजसँग सम्बन्धित छ। पेरिस आलम्पिकमा टेनिसको पुरुष एकलको स्वर्णका लागि पछिल्लो दुई विम्बल्डनको फाइनलमा प्रतिस्पर्धा गरेका नोभाक जोकोभिच र कार्लोस अल्कारेजबीच भिडन्त भएको छ। त्यसैले पेरिस ओलम्पिकलाई विम्बल्डनको रिप्लेका रुपमा हेरिएको थियो।
अघिल्लो महिना भएको विम्बल्डनको फाइनलमा अल्कारेजले जोकोभिचलाई ६–२, ६–२, ७–६ ले पराजित गर्दै उपाधि जितेका थिए। त्यसअघि सन् २०२३ को विम्बल्डनको फाइनलमा पनि अल्कारेजले जोकोभिचलाई १–६, ७–६, ६–१, ३–६, ६–४ ले स्तब्ध पारेका थिए।
पेरिसमा अल्कारेजले फाइनलमा स्थान बनाएसँगै उनको प्रेमिकाको चर्चा पनि जोडतोडले भइरहेको छ। चार वटा ग्रान्डस्लाम विजेता अल्कारेजका प्रेमिकाको नाम मारिया गोन्जालेज हो। अल्कारेजजस्तै उनी पनि स्पेनकै बासिन्दा हुन्।
अल्कारेज र गोन्जालेज विगत केही समयदेखि प्रेममा छन्। उनीहरूले आफ्नो प्रेम सम्बन्ध गोप्य राखे पनि पेरिसमा भने यो रहष्य लुक्न सकेन। त्यसपछि अल्कारेजको प्रदर्शनले भन्दा पनि गोन्जालेजको सुन्दरताले चर्चा पाउन थाल्यो। मारिया गोन्जालेज पनि टेनिस खेलाडी हुन्। उनी स्पेनको मुर्सिया डे टेनिस एकेडेमीमा प्रशिक्षण गरिरहेकी छन्। यही क्रममा उनीहरूबीच भेट भएको थियो र प्रेम झाँगिन पुगेको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)