शेख हसिना : बंगलादेशका विवादास्पद प्रधानमन्त्री
काठमाडौं : करिब एक महिनाको आन्दोलनपछि बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएकी छन्। राजीनामा मात्रै होइन, ७६ वर्षीया प्रधानमन्त्री हसिना देशै छोड्न बाध्य भइन्। प्रधानमन्त्री नरेन्द्र मोदीसँग राम्रो सम्बन्ध कायम गरेकी उनी भारतको शरणमा पुगेकी हुन्। एजेन्सीहरूका अनुसार प्रधानमन्त्री हसिना त्रिपुराको राजधानी अगरतालामा सुरक्षित छिन्।
प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासमै प्रवेश गरेपछि हसिना बहिनीसँगै हेलिकोप्टरमार्फत अगरताला प्रस्थान गरेकी थिइन्। विश्लेषणकहरूले हसिना नेतृत्व सत्ताको दुःखद अन्त्य भएको बताएका छन्। करिब २० वर्ष बंगलादेशको साशन सत्ता हाँकेकी उनी सत्तबाट बहिर्गमनमा पुगेकी छन्।
दक्षिण एसियाली देशमा आर्थिक-राजनीतिक संकट चुलिरहेका बेला उनी राजनीतिमा उदायकी थिइन्। लोकतन्त्रका हिमायती हसिना पछिल्ला वर्षहरूमा निरंकुश बन्दै गएको आरोप लाग्दै आएको थियो। सन् २००९ यता उनी निरन्तर प्रधानमन्त्री बन्दै आएका छन्। गत जनवरीमा भएको निर्वाचनबाट उनी चौथो कार्यकालका लागि निर्वाचित बनेकी थिइन्। उक्त निर्वाचनलाई धेरैले लोकतान्त्रिक विधि प्रक्रिया मिचेको आरोप लगाएका थिए।
शेख हसिनाको राजनीतिक यात्रा
शेख हसिनाको जन्म सन् १९४७ मा पूर्वी बंगालको मुस्लिम परिवारमा भएको थियो। उनी राजनीतिज्ञ परिवारमा जन्मिएकी थिइन्। उनका पिता शेख मुजीबुर रहमान राष्ट्रिय छबिका नेता थिए। उनकै नेतृत्वमा सन् १९७१ मा बंगलादेश पाकिस्तानबाट अलग भएको थियो। 'राष्ट्र पिताका' उपमासमेत पाएका रहमान बंगलादेशको पहिलो राष्ट्रपति समेत भए।
शेख हसिनाले विद्यार्थीकालमै राजनीतिक यात्राको थालनी गरेकी थिइन्। ढाका विश्वविद्यालयमा पढ्दैगर्दा उनले राजनीतिक सक्रियतालाई बढाएकी थिइन्। सन् १९७५ मा भएको सैनिक विद्रोहका उनका बुबाको परिवारका अधिकांश सदस्यको हत्या भएको थियो। विदेश भ्रमणमा भएका कारण शेख हसिना र उनकी दिदी बाँच्न सफल भएका थिए। त्यसयता उनी भारतमा निर्वासन जीवन बिताइन्। सन् १९८१ मा उनी बंगलादेश फर्किइन् र उनको बुबाको पार्टी आवामी लिगको नेता भइन्।
त्यतिबेला बंगलादेशमा सैनिक शासन चलिरहेको थियो। सेना प्रमुख हुशैन मुहम्मद इर्साद सैनिक शासन हाँकिरहेका थिए। सैनिक शासनविरुद्ध उनले त्यतिबेलै जंग छाडेकी थिइन्। बंगलादेशका अन्य राजनीतिक दलहरूसँग सहकार्य गरेर उनले सेनाको काम कारबाहीको विरोधमा सडकमा उत्रिएकी थिइन्। उक्त आन्दोलनले शेख हसिनालाई छिट्टै उनलाई जनतमाझ चिनाएको थियो।
दसक बढी राजनीतिक लडाइँपछि हसिना पहिलोपटक सन् १९९६ मा निर्वाचित भएर सत्तामा आएकी थिइन्। भारतसँग पानी बाँडफाँड गर्ने सम्झौतामा र बंगलादेशको दक्षिण-पूर्वी क्षेत्रका आदिवासी विद्रोहीसँग गरिएको शान्ति सम्झौतासमेत शेख हसिनाकै देन रहेको बताइन्छ। त्यसका बावजुद सरकारमा भ्रष्टाचार मौलाएको आरोप लाग्न थाल्यो। भारतसँगको सम्बन्धलाई लिएर आलोचना हुन थाल्यो। त्यसकै परिणाम होला, शेख हसिना सन् २००१ को निर्वाचनमा पराजित भइन्। बंगलादेशको नेसनलिस्ट पार्टीका नेतृ बेगम खालिदा जियाँसँग हार बेहोरेकी थिइन्।
त्यसो त बेगम पनि राजनीतिज्ञ परिवारबाटै उदाएकी हुन्। उनीहरू विगत तीन दसकदेखि बंगलादेशको राजनीतिमा प्रभुत्व जमाउँदै आएका छन्। शेख हसिना र बेगम खलिदा जियालाई बंगलादेशमा 'ब्याटलिङ बेगमस्' अर्थात् लडाइँ गर्ने मुस्लिम महिलाहरू भनेर चिनाउँछ। यी दुई नेतृको प्रभुत्वको लडाइँले बंगलादेशमा बम आक्रमण, बेपत्ता र गैरन्यायाधीक हत्याहरू नियमित भइरहेको विश्लेषकहरू बताउँछन्।
शासन सत्तामा आएपछि शेख हिपना थुप्रै आरोपहरूबाट मुक्त भएका थिए। उनीविरुद्ध भ्रष्टाचार, गैर न्यायिक हत्यालगायतका मुद्दाहरू अदालतमा रहेका छन्।
शेख हसिनाको उपलब्धि
प्रधानमन्त्री शेख हसिना निरंकुश बन्दै गए पनि बंगलादेशमा भने आमूल परिवर्तन भएको छ। कुनै समय बंगलादेश विश्वकै गरिब देशमध्येको एक मानिन्थ्यो। सन् २००९ मा शेख हसिना प्रधानमन्त्री बनेपछि कायापलट विकास भए। अर्थतन्त्र पनि सुधार भयो। त्यतिमात्र होइन, द्रूत वृद्धि हुने अर्थतन्त्रमा छिमेकी भारतलाई उछिनेको छ। पछिल्लो दशकमा प्रतिव्यक्ति आय तीन गुणा बढेको छ। विश्व बैंकका अनुसार २० वर्षमा बंगलादेशका २ करोड ५० लाख बढी मानिसलाई गरिबीबाट बाहिर निकालिएको छ। कपडा उद्योग फस्टाउँदा एसियासँगै उत्तरी अमेरिका, युरोपमा ठूलो मात्रामा आपूर्ति खपत हुँदै आएको छ। आफ्नै लागतमा शेख हसिनाले गंगालगायत थुप्रै परियोजनाहरू घोषणा गरेकी छन्।
कसरी बनिन् विवादास्पद?
शेख हसिना चौथो कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित भएपछि बंगलादेशमा विरोधको प्रारम्भिक सुरुवात भएको थियो। आरक्षणविरोधी आन्दोलन चर्किरहेका बेला प्रधानमन्त्री शेखले जुन अभिव्यक्तिहरू दिइन्, त्यही अभिव्यक्ति नै उनलाई सत्ताबाट बहिर्गमनमा पुर्यायो।
आरक्षणमा देखिएको विवाद समाधान गर्नुको साटो प्रधानमन्त्री हसिनाले प्रदर्शनकारीलाई 'आतंकवादी' भ्दै निन्दा गरिन्। उनले आतंककारीहरूलाई तह लगाउन सार्वजनिकरूपमै अपील गरेकी थिइन्। कोरोनाकालपछि बंगलादेशमा आर्थिक संकट चुलिएको थियो। त्यसयता त्यहाँको नागरिकहरूक दैनिकी कष्टकर बन्दै गएको छ।
बढ्दो महँगी, विदेशी मुद्राको सञ्चिति घट्नु र विदेशी ऋण बढ्दै जानुले शेख हसिनको सत्ता संकटउन्मुख रहेको थियो। य कुराका पर्दाफास गर्ने विपक्षी दल, आलोचक र मिडियालाई उनले निशाना बनाएक थिइन्। पछिल्ला केही महिनाहरूमा सरकारविरोधी प्रदर्शन क्रममा शेख हसिना धरपकड गरेकी थिइन्। उनले विपक्षी दलका नेता र उनका समर्थकरूलाई पक्राउ गरेको थियो।
उनी सत्तामा आएपछि सुरक्षाकर्मीद्वारा थुप्रैको गैरन्यायिक हत्या भएको, बेपत्ता पारिएको र धरपकड गरिकएको रिपोर्टहरू सार्वजनिक भए। यी आरोपहरूलाई प्रधानमन्त्री हसिनाले नकार्दै आएकी छन्। विदेशी पत्रकारलाई पनि यस खालको रिपोर्टिङमा प्रतिबन्ध लगाएकी छन्।
बीबीसीका लागि अंबरशन इथिराजन र टेस्सा वोङको रिपोर्ट