विद्यार्थीको आँखा परीक्षण
नुवाकोट : नुवाकोटको विदुरस्थित एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको आँखा परीक्षण गरिएको छ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको प्राविधिक सहयोगमा जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोट, युवा रेडक्रस सर्कल विदुर, रेडक्रस नुवाकोट र सिटि युवा क्लबको सहयोग र सहजीकरणमा विदुरस्थित पृथ्वी माध्यमिक विद्यालयमा दुई दिने निःशुल्क आँखा परीक्षण गरिएको हो।
तिलगंगा आँखा प्रतिष्ठानका आँखा प्राविधिकहरूले आठ सयभन्दा बढी विद्यार्थीको आँखा परीक्षण गरेका हुन्। आठ सय १४ जना विद्यार्थीको आँखा परीक्षण गरिएको आयोजकले जनाएको छ। आँखा परीक्षणका क्रममा विद्यार्थीहरूमा आँखाको स्याहारमा कमी भएको पाइएको आँखा प्राविधिक निश्चला अधिकारीको भनाइ छ।