पेरिस ओलम्पिक : पदक जित्ने शरणार्थी

पेरिस ओलम्पिक : पदक जित्ने शरणार्थी

पेरिस : फ्रान्सको राजधानी पेरिसमा जारी ३३औं गृष्मकालीन ओलम्पिक खेलकुदमा दुई सय ६ राष्ट्रका करिब १० हजार ७  सय खेलाडीले तीन सय २९ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका  छन्। पेरिस ओलम्पिकमा दुई ६ सय देशबाहेक अन्य टोली टोलीले पनि प्रतिस्पर्धा गरिरहेका छन्। ती हुन्, इन्डिभिडुअल नेचुरल एथलिट्स (एआईएन) र रिफ्युजी ओलम्पिक टिम (ईओआर)।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले युक्रेनमाथि अनावश्यक आक्रमण गरेको जनाउँदै रसिया र बेलारुसलाई ओलम्पिक सहभागितामा प्रतिबन्ध लगाउँदै आएको छ। आईओसीको प्रतिबन्धमा परेका राष्ट्रका खेलाडीले एआईएनका नाममा प्रतिस्पर्धा गरिरहेका छन्। किनभने यस्ता खेलाडीको राष्ट्रिय कुनै देशसँग जोडिँदैन। तटस्थ रूपमा हुन्छ। यस्तै विभिन्न कारणले शरणार्थी भएकाले पनि ईओआरका नाममा ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेका छन्। 
 

ईओआरका नामबाट ओलम्पिकमा प्रतिस्पर्धा गर्ने एक खेलाडी हुन्, बक्सिङ खेलाडी सिन्डी नगाम्बा। उनी ओलम्पिकमा  पदक जित्ने पहिलो शरणार्थी खेलाडी बन्दै छिन्। २५ वर्षीया नगाम्बाले महिला ७५ केजी तौल समूहको सेमिफाइनलमा स्थान बनाएसँगै कम्तिमा कांस्य पक्का गरेकी हुन्। उनले अन्तिम आठको खेलमा छैटौं वरीयताकी फ्रान्सकी डेभिना मिसेललाई पराजित गरेकी हुन्। उनले सेमिफाइनलमा पानामाकी अथेयना बाइलोनसँग प्रतिस्पर्धा गर्ने छिन्। 

क्यामरूनमा जन्मिएकी उनी १० वर्षको उमेरमा बेलायत पुगेकी थिइन्। उनसँग बेलायतमा पनि शरणार्थी जवन बिताइरहेकी छन्। उनले अहिलेसम्म पनि बेलायतको राहदानी पाउन सकेकी छैनन्। शरणार्थी ओलम्पिक टोलीले पहिलो पटक सन् २०१६ को रियोमा प्रतिस्पर्धा गरेको थियो। तर, अहिलेसम्म कोही पनि खेलाडीले पदक जित्न सकेका थिएनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.