बंगलादेशमा आन्दोलन : रुपन्देहीको सीमामा ‘हाई अलर्ट’

बंगलादेशमा आन्दोलन : रुपन्देहीको सीमामा ‘हाई अलर्ट’

भैरहवा : बंगलादेशमा विकसित पछिल्लो घटनाक्रमलाई लिएर देशका विभिन्न सीमा नाकासहित रुपन्देहीमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको छ। सोमबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षामा समितिको बैठकले नेपाल–भारत खुल्ला सीमाका कारण शरणार्थीहरु बढ्न सक्ने आकलन गर्दै सीमा नाकाहरूमा उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको हो।

बंगलादेशमा विद्यार्थीहरूले आरक्षणको विषयलाई लिएर आन्दोलन चर्काएपछि करिब दुई दशक सत्ता चलाएकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छिन्। आन्दोलनकारीहरूले शेख आवद्ध पार्टीका समर्थक, नेताहरूको घर तोडफोड, हत्या, आगजनी जस्ता क्रियाकलाप गरेकोले शेख समर्थक र रोहिंग्या शरणार्थी सुरक्षित स्थानको खोजीमा भारत हुँदै नेपाल आउन सक्ने सुरक्षा निकायहरूको विश्लेषण छ। जसलाई रोक्नका लागि नेपाल–भारतमा सीमामा कडाइ गर्नुपर्ने बैठकमा सुझाव राखेपछि गृहले सीमामा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको हो।

बंगलादेशमा विकसित पछिल्लो घटनाक्रमलाई लिएर निर्देशअनुसार सीमामा उच्च सुरक्षा सतर्कता अपनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडिओ) गणेश अर्यालले जानकारी दिए। ‘अन्तराष्ट्रिय सीमा नाकामा भइरहेको गतिविधि र सीमाबाट आवतजावत गर्ने नेपाली र विदेशी नागरिकहरूलाई निगरानीमा राखिएको छ’ सीडीओ अर्यालले अन्नपूर्ण पोस्टसँग भने,‘सीमाबाट आवतजावत गर्ने व्यक्तिहरूको कडाइका साथ जाँच समेत गरिरहेका छौँ।’

सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोलीहरू खटाइएको छ। राष्ट्रिय अनुसन्धान विभागले सीमाको गतिविधि नजिकबाट नियालिरहेको छ भने सशस्त्र र नेपाल प्रहरीले पनि सूचनाका साथै चेकजाँचमा कडाइ गरेका छन्। नेपाली सेनाले पनि आफ्नै तबरले सीमासँग सम्बन्धित गतिविधिका सूचनाहरू संकलन गर्ने गरेको छ।

‘सोमबार बसेको केन्द्रीय सुरक्षामा समितिको बैठकमा भारतसँग जोडिएको नाकाहरूबाट अनधिकृत घुसपैठ रोक्नका लागि कडाइ गर्नुपर्ने निष्कर्ष निस्किएपछि सोही अनुसार सोमबार साँझ गृहले सीमावर्ती जिल्लाहरूमा परिपत्र गरेको थियो’ एक अधिकारीले अन्नपूर्ण पोस्टसँग भने, ‘जस अनुसार अहिले सीमामा थप कडाइका साथ उच्च सुरक्षा सतर्कता अपनाइएको छ।’

गृहले नाकामा सतर्कता अपनाउनका लागि परिपत्र गरेपछि जिल्ला सुरक्षा समिति रुपन्देहीको बैठक बसेको थियो। बैठकले परिपत्रलाई तत्काल कार्यान्वयनमा लैजान गरी आन्तरिक रणनीति बनाएर सीमामा सुरक्षा सतर्कता अपनाएको छ। ‘आज बिहानबाट कडाइका साथ जाँच गर्ने निर्देशन आएपछि सोही अनुसार खटिएका छौँ’, सीमा सुरक्षामा खटिएका एक सुरक्षाकर्मीले भने, ‘विदेशी नागरिकको मुभमेन्टलाई नजिकबाट नियाल्दैछौँ। अहिलेसम्म शंकास्पद गतिविधि भएको पाइएको छैन।’

सीमा सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्यालको पहलमा केही समय अघि मात्रै रुपन्देहीको बेलहिया र कर्करहवा नाकामा ‘वाक थ्रु’ प्रविधि जडान भएपछि सीमा सुरक्षाका लागि केही सहजता भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.