सौर्य एयरलायन्स दुर्घटनाको १५ दिनमै अर्को हवाई दुर्घटना

सौर्य एयरलायन्स दुर्घटनाको १५ दिनमै अर्को हवाई दुर्घटना
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलायन्सको विमान (बाँया) र नुवाकोटको सूर्यचौरमा दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकोप्टर। तस्बिर : अभिषेक महर्जन

काठमाडौं : सौर्य एयरलायन्स दुर्घटनाको १५ दिन नबित्दै अर्को हवाई दुर्घटना भएको छ। बुधबार काठमाडौंबाट रसुवाको स्याप्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकोप्टर नुवाकोटको सूर्यचौरमा दुर्घटना भएको हो।

गत साउन ९ गते पोखराका लागि उडेको सौर्य एयरलायन्सको विमान दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए। त्यसको केही दिनपछि बुधबार हेलिकोप्टर दुर्घटनामा थप ५ जनाले ज्यान गुमाएका छन्।

सौर्य एयरलायन्सको विमान उडेको केही सेकेन्डमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै दुर्घटना भएको थियो। एयर डाइनेस्टीको हेलिकोप्टर पनि उडेको तीन मिनेटमै दुर्घटना भएको हो।

null

सौर्य एयरलायन्सको विमान दुर्घटनामा एकमात्र जीवित पाइलट मनिष शाक्य उपचारपछि घर फर्किसकेका छन्। एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा भने क्याप्टेन अरुण मल्लले पनि ज्यान गुमाए। सौर्य एयरको दुर्घटनापछि बनेको समितिले छानबिन गरिरहेको छ। 

पछिल्लो समयमा नेपाली आकाश असुरक्षित बन्दै गएको भन्दै अन्तर्राष्ट्रिय जगतमै आलोचना भइरहेको छ। हवाई दुर्घटनाको विषयलाई लिएर संसदमा समेत प्रश्न उठिरहेको छ। नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले प्रभावकारी ढंगले काम नगर्दा हवाई दुर्घटना बढेको संसदमा प्रश्न उठेको छ।

null 

विसं २०७९ माघ १ गते यती एयरलायन्सको विमान पोखरा विमानस्थलनजिकै दुर्घटना भएको थियो। उक्त दुर्घटनामा ७२ जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनामा ५३ नेपाली, ५ भारतीय, ४ रुसी, २ कोरियाली, एक/एकजना अर्जेन्टिनी, अस्ट्रेलियाली, आइरिसेली र फ्रान्सेली नागरिकले ज्यान गुमाएका थिए। 

nullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.