झाडीमा बज्रिँदै जल्यो हेलिकोप्टर

झाडीमा बज्रिँदै जल्यो हेलिकोप्टर

नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको सूर्यचौरमा बुधबार यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ। काठमाडौंबाट उडेको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा क्याप्टेनसहित पाँच जनाको निधन भएको छ। 

शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा नाइनएन-एजेडी कलसाइनको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसका चालक अरुण मल्लसहित चार चिनियाँ नागरिकको ज्यान गएको हो। हेलिकोप्टर काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट रसुवाको स्याफ्रुवेशी जाने क्रममा रहेको थियो। 

समुन्द्री सतहदेखि दुई हजार मिटरको उचाइमा रहेको सो स्थानमा दिउँसो सवा दुई बजे एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको थियो। हेलिकोप्टर र यात्रुका शरीर पूरै जलेको अवस्थामा फेला पारिएको घटनास्थल पुगेका शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद थपलियाले जानकारी दिए। 

हेलिकोप्टर र यात्रुका शरीर चारैतिर छरिएको अवस्थामा फेला पारिएको थियो। 'शव डढेर गन्ध आएको छ, हेलिकोप्टरको पनि सानो टुक्रामात्रै नजलेको अवस्थामा पाइयो,' अध्यक्ष थपलियाले भने। 

काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको १५ दिनमा नुवाकोटको शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

कनक्लो जंगलमा ढलपल ढलपल गर्दै रुखका वुट्यान छुँदै हेलिकोप्टर आगो लागेर दुर्घटनाग्रस्त भएको प्रत्यक्षदर्शीहरू बताउँछन्। उचाइमा रहेको सो स्थानमा कुहिरो लागेको थियो। घटनास्थल नुवाकोटको सदरमुकाम विदुरवाट ५२ किलोमिटर उत्तरपूर्वी भेगमा पर्छ। 

सुर्यचौर नुवाकोट, रसुवालगायत पश्चिमी भेगमा जाने र आउने क्रममा हेलिकोप्टरहरूको काठमाडौंबाट बाहिरिने र प्रवेश गर्ने सुरक्षित विन्दुका रूपमा रहँदै आएको स्थान हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.