स्कुल बसको ठक्करबाट एकको मृत्यु

स्कुल बसको ठक्करबाट एकको मृत्यु

नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका-९ झिझरी खोला नजिक आज बसले ठक्करबाट एक जनाको घटनास्थलमा मृत्यु भएको छ। 

कोहलपुरको चप्परगौडीस्थित ज्ञानकुञ्ज लिटिल बोर्डिङ स्कुलको बसले स्थानीय २६ वर्षीय गोविन्द ओलीलाई ठक्कर दिँदा उनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए। 

बसको ठक्करबाट उनले चराउन लगेका १३ बाख्रासमेत मरेका छन्। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख ४५७० नम्बरको बसले ओलीलाई ठक्कर दिएको प्रहरीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.