भेरी अस्पतालमा एमआरआई सेवा सुरु

भेरी अस्पतालमा एमआरआई सेवा सुरु

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जले विशिष्टिकृत स्वास्थ्य सेवाका रूपमा एमआरआई सुरु गरेको छ। 

गत वर्षको साउनमा एमआरआई मेसिन ल्याएर सञ्चालनमा भए पनि संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुक्रबार औपचारिक रूपमा सेवा शुभारम्भ गरेका हुन्। 

भेरीमा जडान गरिएको थ्रीटेस्लाको मेसिन एमआरआई पश्चिम नेपालकै पहिलो अत्याधुनिक मेसिन हो। नेपाल सरकारको २४ करोड रुपैयाँमा एमआरआई मेसिन खरिद गरिएको हो। यो मेसिन लुम्बिनी प्रदेशभरी भेरीमा मात्र छ। एमआरआई सेवा सुरु भएपछि बिरामीलाई निजी स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता नै हटेको छ। 

अस्पतालको नवनिर्मित इन्डोर भवन तथा एमआरआई सेवा शुभारम्भ गर्दै मन्त्री पौडेलले संविधानमा उल्लेख भए बमोजिम नागरिकका लागि सबै स्वास्थ्य सेवा प्रदान गर्न तत्काल भौतिक पूर्वाधारमा लगानी गर्ने स्थिति राज्यसँग नरहेको पनि बताए। भौतिक पूर्वाधार, उपलब्ध जनशक्ति र उपकरणको आधारमा गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न अस्पताल प्रशासनलाई निर्देशन दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.