बंगलादेशमा हिन्दू तथा बौद्धमाथि भइरहेको हिंसाविरुद्ध विरोध प्रदर्शन

बंगलादेशमा हिन्दू तथा बौद्धमाथि भइरहेको हिंसाविरुद्ध विरोध प्रदर्शन
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : बंगलादेशमा हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूमाथि जारी हिंसाविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ। राष्ट्रिय एकता अभियानले विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता प्रदर्शन गरेको हो।

कार्यक्रमको समन्वय अभियानका अध्यक्ष विनय यादवले गरेका थिए। अभियानका वरिष्ठ नेता बीपी यादवले बंगलादेशमा हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूमाथि भइरहेको हिंसालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने आवश्यकता भएको बताए। 'धार्मिक असहिष्णुताको यो घटना मानवीय हकका लागि घातक हो। यसमा हाम्रो सरकारले पनि चुप लागेर बस्नु हुँदैन,' उनले भने।
nullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.