प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढ्यो
काठमाडौं : साताको पहिरो कारोबार दिन आइतबार प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १३.७० अंकले बढेर २७८०.०८ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स २.५२ अंकले बढेको छ।
यो समयमा ११३ स्टक्सको ७२ हजार २०३ कित्ता सेयर ३ करोड ९४ लाख ६८ हजार १३३ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएका ७२ स्टक्सको मूल्य बढ्दा २२ वटाको घटेको छ। बाँकी १८ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ।
प्रतिक्रिया दिनुहोस !
७