रुखी है सावन के बुन झिसी...!

साउन–संस्कृति

रुखी है सावन के बुन झिसी...!
सुन्नुहोस्

साउन महिना वर्षभरिमा सबैभन्दा सरस, सुन्दर र सजल मानिन्छ। यो महिना मनोरम र मनोहर पनि मानिन्छ। महिनाभरि दिनरात पानी परिरहने भएकाले गर्मीको अनुभव हुँदैन। आकाशमा बादल लुकामारी खेलिरहेको हुन्छ। तसर्थ, घाम–छायाको छवि पनि दर्शनीय हुन्छ। शीततापमा समन्वय देखिन्छ। यो महिना साहित्यकारहरूका लागि पनि फलदायी बनेको पाइन्छ।

संस्कृतका महान् कवि कालीदासले पनि महाकाव्यको नामकरण नै ‘मेघदूत’ गरे। मेघलाई नै दूतको रूपमा प्रयोग गरेर विरहिनी नायिकालाई सन्देश प्रेषित गरेर उसलाई सान्त्वना दिने सराह्रनीय प्रयास गरेका छन्। संस्कृत, हिन्दी र नेपाली कविहरूका लागि साउन महिना प्राकृतिक सौन्दर्यको खानीको रूपमा सर्वप्रिय भइसकेको र जस्तो ‘मेघा छाए आधी रात’ जस्तो अभिनन्दनीय अभिव्यक्ति प्रकट गरेर। मैथिली संस्कृतिमा साउन महिनाको सुन्दर वर्णन अनेकानेक लोकगीतमा भएको पाइन्छ। देवाधिदेव महादेवको पूजाआजा र अर्चना आराधनाका लागि सर्वोत्कृष्ट महिना साउन सर्वप्रिय भइसकेको छ। तसर्थ, साउनमा काबडिया काबडमा जल भरेर नांगै खुट्टा पशुपतिनाथको परिसरमा जम्मा भएर शिवलाई पवित्र जल अर्पण गर्ने लामो परम्परा छ। तर विगत वर्षदेखि कोरोनाको कहरले गर्दा शिव भक्तजनहरू यस सुनौलो अवसरबाट वञ्चित भइराखेका छन्।

यस्तै, तराई–मधेसका शिवभक्त गंगाजल काँबडमा भरेर देवधरस्थित बाबाधाममा जल अर्पण गर्ने परम्परामा पनि गत वर्षदेखि व्यवधान आएको छ। शिवभक्तहरूको चित्त साह्रै नै दु: खी भएको सहजै अनुमान गर्न सकिन्छ। सम्पूर्ण मिथिलाञ्चलमा साउन महिनाको सुरुवातदेखि नै पर्व तिहारको रमझम सुरु हुनु यस संस्कृतिको सुहाउँदा पक्ष हुन्। यस महिनाको मधुभामिनीको मोहक छवि अवर्णनीय मानिन्छ। यो महिना नै मधु श्रावणीको मनमोहक एवं मनोरम पर्व मनाउने लामो परम्परा रहिआएको छ।

यस पर्वको मनोहारी पक्ष के हो भने नवविवाहित दम्पती बडो उत्साह एवं उमंगको साथमा यस पर्वमा सहभागी हुन्छ। साउन महिनाको कृष्ण पक्षको पञ्चमीदेखि श्रावण शुक्ल तृतीयासम्म अर्थात् १३ दिवसीय पर्वको रमझम एवं रौनक के गाउँ र के सहर के गल्ली के गोरेटोमा मैथिली लोकगीत गुञ्जित हुन थाल्छ। यी मैथिल महिलाको मगमगाउँदो मुखबाट नि: स्कृत लोकगीतको लयात्मक स्वरबाट सम्पूर्ण वातावरण प्रतिध्वनित हुन थाल्छ।

नवविवाहित दुल्ही आफ्नी सखी सहेलीसँग स्वरमा स्वर मिलाएर मधु श्रवणीको मधुर गीत गाउन थाल्छन्। नवविवाहित महिलाहरूको मुखबाट निस्केर सम्पूर्ण वातावरण निनादित हुन थाल्छ। यिनीहरू शृंगार गरेर सखीसहेलीको समूहमा प्रत्येक साँझ गीत गाउँदै फूल टिप्ने काममा सोल्लास सहभागी भएर यस पर्वको महत्त्व सिद्ध गर्ने गर्छन्। अनुमान गरिन्छ कि जगद्जननी जानकीको विवाह बेलादेखि नै यो पर्व मनाउँदै भएको सदियौं पुरानो परम्परा अद्यपि जीवित छ। यी नवविवाहित महिला यस गीतको गोडा गाउँदै फूल टिप्न बागबगैंचा र बाटोघाटोमा उमे्रको फूल टिपेर भोलिपल्ट बिहान शिव, पार्वती र विषहरालाई पूजाआजा गर्ने गर्छन्।

नागलाई नारीको प्रतीकका रूपमा भए पर्वमा गौरी तथा नाग–नागिनको विशेष रूपमा अर्चना एवं आराधना गर्ने लामो परम्परा आज पनि जीवितै छ। जुन मैथिली संस्कृतिको सजीव सराह्रनीय पक्ष मान्न सकिन्छ। यस पर्वको प्रमुख लक्ष्य दाम्पत्य जीवनलाई सुखद र सफल तुल्याउनु हो। दाम्पत्य जीवनका लागि यो यौन शिक्षाको सन्देश सम्प्रेषित गर्छ। अर्कोतिर दाम्पत्य जीवनलाई कसरी मधुर बनाउनेतिर पनि यो संकेत गर्छ। तसर्थ नवविवाहित दुल्हीको मुखबाट यो गीत निस्कन्छ : 
‘रुखी है सावन के बुन झिसी
पियासँग खेलब पचिसी ना।’

यस पर्वलाई गीतसंगीत प्रधान पर्वको रूपमा मान्यता प्राप्त छ। फूल टिप्नदेखि लिएर यसको संगीतमय सुरुवात हुन्छ। जस्तो : यो पर्व मिथिलाञ्चलका केही विशिष्ट जातिहरू जस्तो मैथिल ब्राह्म, कायस्थ, सोनार र दवे आदिले मात्रै बडा मंगलमय र सुखद ढंगबाट मनाउने गर्छन्। वैवाहिक जीवनलाई सुखद, प्रेरणाप्रद र प्रेममय बनाउन आमोद–प्रमोद हास–परिहास, रसरंगसे परिपूर्ण बनाउने प्रण गरिन्छ।

गृहस्थ जीवनमा सुख, समरसता र सफलता भर्न यो पर्व मनाइन्छ। यति हुँदाहुँदै पनि यस पर्वलाई आलोचना–प्रत्यालोचना पनि गर्ने गरिन्छ। यसलाई महिला हिंसाको रूपमा पनि लिने गरिन्छ किनभने यस पर्वको १२औं दिन साँझ पूजाआजापछि व्रतालुलाई टेमी दिने प्रचलन जीवित छ। यसका लागि सामग्री ससुरालीबाटै पढाउने परम्परा पनि छ, यसमा पानको पात र दियोको बत्ती हुन्छ। यसमा बलेको बत्ती लरोले नवदुल्हीको घुँडामा डाम्ने गरिन्छ। विश्वास के गरिन्छ भने पत्नी–पत्नीबीचको प्रेम–सम्बन्धको वाचा बन्धन प्रगाढ होस्। अब शीतस टेमी दिने प्रचलन पनि प्रारम्भ भइसकेकाले यसलाई अब महिला हिंसाको रूपमा न लिए पनि हुन्छ।

संस्कारमा परिवर्तन हुन पनि संस्कृतिको राम्रो पक्ष हो। विवादस्पद, संंस्कृतिमा परिवर्तन गरेर पनि संस्कृतिको संरक्षण एवं संवद्र्धन गर्न सकिन्छ, जसको साक्षात प्रमाण हो मधु श्रावणी व्रत। यस पर्वलाई सुहागरातको रूपमा पनि लिने आधुनिक अवधारण अग्रसरित गरिन्छ जुन अतियोक्ति एवं अतिरजना नै हो भन्न सकिन्छ। जतिसुकै वादविवाद र चर्चा–परिचर्चा भए पनि यो पर्व आज पनि शदियौंदेखि मनाउने लामो परम्परा छ। यस पर्वमा शिक्षित र नोकरी पेसामा संलग्न नारीहरू पनि बडो उत्साह एवं उमंगका साथमा भाग लिनेबाट यसको लोकप्रियता झन्–झन् बढ्दै गएको पाइन्छ। यसबाट के पनि प्रमाणित हुन्छ भने यो पर्व मनोरञ्जनपूर्ण एवं मन्त्र समय पर्व हो।

यस महिनामा मनाउने अर्को महत्त्वपूर्ण पर्व हो ‘साउने घडी’ जुन सालमा एकपल्ट मनाउने गरिन्छ। जसमा कुल देवताको पूजाआजा श्रद्धा र आस्थाको साथमा गरिन्छ। यस पर्वमा आआफ्नो कुलदेवताको पूजा गरिन्छ। जसमा परिवारका सबै सदस्य समानरूपमा सहभागी हुन्छन्। यसको तिथि–मिति निश्चित हुँदैन। आफ्नो सुविधाअनुसार यस महिनाभित्र यो पर्व मनाउने गरिन्छ। यस महिनाको अर्को महत्त्वपूर्ण पर्व हो– नागपञ्चमी। जसमा नाग–नागिनको पूजा स– श्रद्धा, स–प्रेम एवं सोत्साहले गर्ने लामो परम्परा छ।

सर्पराज तक्षक, शेषनाग आदिको अस्तित्व वेद–पुराणमा पनि उल्लेखित भएको पाइन्छ। यस अवसरमा गाइने गीतको एक गैडा प्रस्तुत गरिन्छ– ‘सावन सर्व सोहाओन पुजबै नाग–नगनिया ना।’ विषहराको पूजाआजा पनि सर्पदंशको बिगबिगीलाई कम गर्न गरिन्छ। यसमा पनि नाग–नागिनको श्रद्धा र भक्तिका साथमा गर्ने प्रचलन छ। विषहरासँग सम्बन्धित लोकगीत गाउने परम्परा आज पनि जीवित छ।

साउन महिना मनाउने पर्व तिहारको अन्तिम शृंखलामा आउँछ रक्षाबन्धन। यसलाई मैथिली संस्कृतिमा पूरै मिथिलाञ्चलमा राखी भन्ने गरिन्छ। यो पर्व रंगीबिरंगी धागोको पर्वमात्र होइन, अपितु दाजु–भाइ र दिदी–बहिनीको बीचमा स्थित अमर प्रेमको प्रतीक पनि हो। यसमा दिदी–बहिनीले दाजु–भाइ ससम्मान आदरभाव अभिव्यक्त गर्दै प्रेमको प्रतीक राखी बाँच्ने गर्ने लामो परम्परा रहेछ। यो नारी सशक्ति कारणको पर्वको रूपमा पनि प्रसिद्ध छ।

राखी पर्व स्नेहा र सद्भावको प्रतीकको जीवित पर्व भएकाले यस पर्वले सामाजिक सद्भाव अभिवृद्धि गर्नमा पनि सहायक सिद्ध हुँदै आएको छ। दिदी–बहिनी र दाजु–भाइको बीचको पारस्परिक प्रेमको द्योतक भएकाले दिदी–बहिनीले चन्द्रमाको शीतल प्रकाश निरन्तर बदासे र हाम्रो दाजु–भाइको आयु अभिवृद्धिमा तिमी सहायक बन्न। एउटा हिन्दी फिल्मी गीतमा यस्तो भावना प्रष्ट भएको पाइन्छ। दाजुभाइ सशरीर उपस्थित नभए पनि उनको दीर्घायु र चिरायुको कामना गरिएको छ, ‘मरे भैयाको सन्देशा पहुँचाना ओ चन्दा तेरी ज्योति बढे’। जहाँ बसे पनि जहाँ रहे पनि चन्द्रमाको माध्यमद्वारा राखी सन्देश पुर्‍याउन प्रार्थना गरिन्छ।

यस पर्वको प्रमुख सन्देशले प्रेम, स्नेह र सौहाद्र्र हो। यसको विधि–विधान पनि सरल छ। यस पर्वको पावन अवसरमा प्रात: काल दिदी–बहिनीको देवता, पितृ र ऋषिहरूलाई जल अर्पण गरिन्छ। दुई प्रहरपछि सूती उनी अथवा रेशमी पहेंलो वस्त्रको साथमा रक्षा सूत्र, सुन, केशर, चन्दन, अक्षता र दुबो राखेर राखी बाँध्ने गरिन्छ। गाईको गोबरबाट लिपपोत गरेर त्यस स्थानमा कलश स्थापना गरेर त्यसमाथि रक्षासूत्र राखेर त्यसको यथाविधि पूजा गर्नु शुभ मानिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.