बजेट निर्माणमा जुटेपछि सुदूपश्चिमका मुख्यमन्त्री शाहले गरे भेटघाट बन्द

बजेट निर्माणमा जुटेपछि सुदूपश्चिमका मुख्यमन्त्री शाहले गरे भेटघाट बन्द
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले अनावश्यक भेटघाट बन्द गरेका छन्। मुख्यमन्त्री शाहले भदौको १५ गतेसम्म आफूलाई भेटन नआउन समेत अनुरोध गरेका छन् । मुख्यमन्त्री शाहको सचिवालयले सूचना जारी गर्दै सुदूरपश्चिमबासी, शुभचिन्तक, नेता कार्यकर्ता सबैलाई कार्यव्यस्ताको कारण देखाउँदै भेटन नआउन आग्रह गरेको हो ।

मुख्यमन्त्री शाहले भदौ १५ गतेसम्म व्यक्तिगत,संस्थागत कार्यक्रममा पनि नजाने र सामूहिक भेटघाट तथा बधाई सबै कार्यक्रम बन्द गरेका छन् । ‘मुख्यमन्त्रीज्युको कार्यव्यवस्तताले व्यक्तिगत संस्थागत तथा सामूहिक भेटघाट र बधाई सबै कार्यक्रमहरू बन्द गरिएका छन्,'सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

शाह साउनको २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएदेखि कार्यालयमा र निवासमा शुभचिन्तक,नेता कार्यकर्ता र आफन्तहरूको घुइँचो लागेको थियो । प्रदेशमा बजेट शून्यताको अवस्था छ । अध्यादेशबाट कर संकलन सुरु गरिएपनि प्रदेशको विनियोजन विधेयक निष्कृय अवस्थामा छ ।

सचिवालयले बजेट बनाउने,चालु वर्षको कामको योजना बनाउनेलगायतका कामहरू,बधाई तथा भेटघाटले प्रभावित भएपछि सूचना जारी  गरिएको शाहको सचिवालयले जनाएको छ । प्रदेश सरकार अहिले बजेट बनाएर केही दिनमा संसदमा लैजाने तयारीमा जुटेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.