पालिका प्रमुख र चिनियाँ सीमा नाका प्रमुखबीच भेटवार्ता

पालिका प्रमुख र चिनियाँ सीमा नाका प्रमुखबीच भेटवार्ता
सुन्नुहोस्

मुगु : चीनसँग सीमा जोडिएको जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष र मुगु, डोल्पा, हुम्ला सीमा हेर्ने चिनियाँ अधिकारीबीच भेटवार्ता भएको छ। पूर्वाधार निर्माण तथा अन्य सहयोग आदानप्रदानका लागि भेटवार्ता भएको हो।

तिब्बतको ह्याजिमोरामा मुगुम कार्मारोङ गाउँपालिका प्रमुख छिरिङ क्याप्ने लामा र चिनियाँ अधिकारी सूचीबीच वान टु वान भेटवार्ता भई आ–आफ्ना सरकारसँग पूर्वाधार निर्माण तथा अन्य सहयोग आदानप्रदानका लागि पहल गर्ने सहमति भएको छ।

टोलीमा सहभागी मुगुम कार्मारोङ गाउँपालिकाका सूचना तथा प्रविधि अधिकृत सोबेन्द्रबहादुर मल्लका अनुसार भेटवार्तामा पालिका अध्यक्ष लामाले नाग्चेलाग्ना नाका चीन र नेपालको परम्परागत नाका भएकोले सीमासम्म दुवै देशले सडक लगायत अन्य पूर्वाधार निर्माणमा चासो दिन चिनियाँ सरकारलाई आग्रह गरिदिन र नेपाल सरकारलाई आफ्नो तर्फबाट आग्रह गर्ने बताए। 

चिनियाँ अधिकारी सूचीलाई स्थायी रूपमै नाका खोल्न चीन सरकारलाई आग्रह गरिदिन आग्रह गरिएका सूचना अधिकारी मल्लले बताए।

चिनियाँ अधिकारी सूचीले पालिका प्रमुखको प्रस्तावलाई स्वीकार गर्दै आफूले पनि नेपालसँगको १३ नं पिल्लर रहेको चिनियाँ नाकासहित अन्य नाका स्थायी रूपमै खोल्न र सडकलगायत अन्य पूर्वाधार बनाउन पहल गर्ने प्रतिबद्धता गरेको पनि मल्लले जानकारी दिए।

कोरोनाका कारणले एकतर्फी बन्द गरेको यो नाकासहित चीनसँग सीमा जोडिएका अन्य नाकाहरू चीन सरकारले खुलाएको भए पनि मुगुको नाक्चेलाग्ना पाँच वर्षदेखि बन्द थियो। चीनले १५ दिनका लागि खुल्ला गरेको यो नाकाबाट प्रवेश अनुमति पास पाएका सर्वसाधारणले आफ्नो घरपरिवारलाई आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री खरिद गरी घर फर्कन थालेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.