सनराइज सेक्युरिटिजबाट सेयर कारोबारको शुभारम्भ
![सनराइज सेक्युरिटिजबाट सेयर कारोबारको शुभारम्भ](https://annapurnapost.prixacdn.net/media/albums/Image_7nujQzM2QR_vTYqXWAosC.jpeg)
काठमाडौं : लक्ष्मी सनराइज बैंक लिमिटेडको शत प्रतिशत स्वामित्वमा स्थापित सनराइज सेक्युरिटिज लिमिटेडले व्यवसायिक सञ्चालन सुरुवात गरेको छ।
आज एक समारोहका बीच लक्ष्मी सनराइज बैंक लिमिटेडका अध्यक्ष रमण नेपालले सो कम्पनीको कारोबार सञ्चालनको औपचारिक शुभारम्भ गरेका हुन्। उनले कम्पनीले आगामी दिनमा सेयर कारोबारसँग सम्बन्धित सेवा सहज रूपमा प्रदान गर्ने बताए। पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकासमा आफ्नो तर्फबाट केही योगदान गर्ने कार्य प्रभावकारी रूपमा बनोस् भन्दै उनले सनराइज सेक्युरिटिजलाई शुभकामना दिएका थिए।
सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएकोमा खुसी व्यक्त गरे। सनराइज सेक्युरिटिज लिमिटेडका प्रबन्ध सञ्चालक कमल गौतमले संस्थाले धितोपत्र खरिद बिक्री सम्बन्धी सम्पूर्ण सेवाहरू गुणस्तरीय रूपमा एकै ठाँउबाट सरल र सहज रूपमा प्रदान गर्ने बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)