नेशनल लाइफको ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स ‘शेपिङ द फ्यूचर’ सम्पन्न

नेशनल लाइफको ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स ‘शेपिङ द फ्यूचर’ सम्पन्न
सुन्नुहोस्

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्सले ‘शेपिङ द फ्यूचर’ भन्ने नाराका साथ ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ। 

सम्मेलनको पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गर्दै अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले आव २०८०/८१ मा कम्पनीले प्रथम बिमा शुल्कसहित समग्र सूचांकमा उत्कृष्टता हासिल गर्न सफल हुनुमा कम्पनीका बिमितवर्गहरू अभिकर्तावर्गहरू व्यवस्थापन र कर्मचारीहरूको अथक मेहनत, परिश्रम र लगनशीलताको कारणले नै सम्भव भएको हुँदा यस सफलताका लागि योगदान गर्ने सम्पूर्णलाई बधाई ज्ञापन गरिन्।  

उनले आव २०८०/८१ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पूरा गर्ने शाखाहरू लगायत सबैभन्दा बढी प्रिमियम संकलन गर्ने शाखाहरू र उत्कृष्ट ठहरिएका ५ शाखाहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो। 

जीवन बिमा व्यवसायसँग सम्बन्धित विभिन्न पाटोहरू र जीवन बिमा कम्पनीका चुनौतीहरूको विवेचनागरी आर्थिक वर्ष २०८१/८२ का लागि लक्ष्य निर्धारण गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा विभागीय प्रमुख तथा देशैभरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरू गरी २०० जना भन्दा बढीको सहभागिता रहेको थियो।

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व र चुनौतीलाई आत्मसाथ गर्दै आपसी समन्वय गरी अगाडि बढेको कारणले नै कम्पनीको उच्च बोनस दरलाई यथावत् राख्न सकिएको र प्रथम बिमाशुल्क ५०० करोड भन्दा बढी संकलन गर्न सफल भएको तथा अन्य सबै सूचांकहरूमा पनि सकारात्मक वृद्धि गर्न सम्भव हुनुमा आ–आफ्नो क्षेत्रबाट योगदान दिने सम्पूर्ण बिमित वर्गहरू अभिकर्ताहरू र कर्मचारीहरू, बधाईको पात्र रहेको बताए। 

आगामी आर्थिक वर्षमा पनि यो सफलतालाई निरन्तरता दिनुपर्ने चुनौती थपिएकोले उक्त चुनौती पुरा गर्न यस सम्मेलन लाभदायक रहने विश्वास व्यक्त गरे। यसैगरी नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणका सहायक निर्देशक सविता थापाले सम्पत्ति शुद्धीकरण सम्बन्धमा प्रशिक्षण दिँदै बिमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण गर्न सक्ने भएकोले सो तर्फ सचेत रहन आग्रह गर्दै  राष्ट्रिय हितका लागि आतंकवादी वित्तीय लगानी रोक्नु हामी सबैको कर्तव्य भएको बताइन्। 

सो समारोहमा मोटिभेसनल ट्रेनर सुदीप बस्नेतले सहभागी कर्मचारीहरूलाई तालिम प्रदान गर्नु भएको थियो  यसै गरी आर्ट अफ लिभिङका नेपालका वरिष्ठ प्रशिक्षक अच्यूत गौतम र शैलेन्द्र हमालले सम्पूर्ण कर्मचारीहरूलाई तनाव व्यवस्थापन सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए। उपस्थित कर्मचारीहरूलाई यथेष्ट मनोरञ्जन प्रदान गरिएको सो सम्मेलनमा प्रदेश स्तरीय फुटबल प्रतियोगिता लगायत सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.