हिमताल फुटेको आशंका

बाढीले खुम्बुको थामे गाउँ डुब्यो,जोरसल्लेमा होटल बगायो

बाढीले खुम्बुको थामे गाउँ डुब्यो,जोरसल्लेमा होटल बगायो

सोलुखुम्बु : अकस्मात बाढी आउँदा थामे गाउँ डुबानमा परेको छ । शुक्रबार दिउँसो  २ बजेतिर थामेभन्दा माथिबाट बाढी आउँदा खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ थामे गाउँ डुबानमा परेको हो। सगरमाथा क्षेत्रको हिमताल फुटेको आशंका गरिएको छ।

बाढीले जोरसल्लेको एउटा होटल बगाएको  खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ । 

कुन हिमताल फुटेको हो भन्ने यकिन हुन सकेको छैन । घटनास्थलमा इलाका प्रहरी चौकी नाम्चेबाट प्रहरी सहायक निरीक्षक खेमराज खतिवडाको कमान्डमा प्रहरी टोली परिचालन भएको नाम्छे प्रहरी चौकीले जनाएको छ । 

थामु प्रहरी चौकीबाट पनि प्रहरी खटिएको जनाइएको छ । यद्यपि घटनास्थलमा प्रहरी पुग्न अझै केही समय लाग्ने लुक्ला प्रहरी चौकीका प्रहरी इन्चार्ज सइ हेमबहादुर कटवालले जानकारी दिए। ताल फुट्दा भोटेकोसीमा बाढी आएको छ । 

उक्त बाढीले सोलुको तल्लो क्षेत्रमा निर्माण गरिएको जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुर्‍याउने सम्भावना देखिएको छ । क्षतिको थप विवरण आउन बाकी रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.