नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता नियमावलीको मस्यौदा अगाडि बढाउन ऊर्जामन्त्रीको निर्देशन

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता नियमावलीको मस्यौदा अगाडि बढाउन ऊर्जामन्त्रीको निर्देशन
सुन्नुहोस्

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जाको विकासका लागि नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता नियमावली र संस्थाको संगठन तथा व्यवस्थापन सर्भेलाई अगाडि बढाउन निर्देशन दिएका छन्। 

केन्द्रको सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री खड्काको अध्यक्षतामा आज सिंहदरबारमा बसेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको बोर्ड बैठकमा उनले मुलुकमा नवीकरणीय ऊर्जाको विकासका लागि आवश्यक पर्ने नियमावली र संस्थाको संगठन तथा व्यवस्थापन सर्भेलाई अगाडि बढाउन निर्देशन दिएका हुन्। 

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ हाल संघीय संसदमा प्रस्तुत भइसकेको छ। मन्त्री खड्काले नवीकरणीय ऊर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र लाग्नुपर्ने बताए।

केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले बैठकमा केन्द्रमार्फत आव २०८०/०८१ सञ्चालित कार्यक्रम र आयोजनाको प्रगतिको समीक्षा, आव २०८१/०८२ को वार्षिक कार्यक्रम तथा बजेट विस्तृतीकरण, केन्द्रलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन लगायतमा छलफल भएको जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.