संविधान संशोधन गरेर जनताको अधिकार खोसिदै भन्ने प्रचारमा सत्यता छैन : उपप्रधानमन्त्री सिंह

संविधान संशोधन गरेर जनताको अधिकार खोसिदै भन्ने प्रचारमा सत्यता छैन : उपप्रधानमन्त्री सिंह
सुन्नुहोस्

काठमाडौं : उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजेको भनेर भइरहेको प्रचारमा सत्यता नभएको बताएका छन्। काठमाडौंमा आयोजित श्री नेवा सम्पर्क समूह रामेछापद्वारा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस- एमाले जनताको अधिकारको लागि लडेका दल भएको जिकिर गरे।

null

‘संविधान संशोधन गरेर सरकारले भएको अधिकांश कटौती गर्छ भन्ने प्रचार भइरहेको छ। कांग्रेस र एमाले लडेर जनतालाई अधिकार दिएका छौँ। सरकारमा गएर त्यो कटौती हुँदैछ भनेर गरिएको हल्लामा कुनै सत्यता छैन। हल्लाको पछाडि लागेर कहीँ पुगिँदैन,'मन्त्री सिंहले भने।

उनले राजनीतिक स्थायित्व दिनको लागि कांग्रेस एमालेसँग मिलेको समेत दावी गरे। मन्त्री सिंहले भने, '७/८ महिनामा सरकार चेञ्ज भइराख्ने,टिक्ने नटिक्ने सरकारले केही गर्न नसक्ने भएकाले ठूलो दल मिलेको छौँ। यो सरकार बनेपछि अर्थतन्त्रलाई लयमा ल्याउन सकारात्मक प्रयास  भइरहेको छ। अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले काम गरेर देखाउँछ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.