स्टार्टअपसँग अन्नपूर्ण’ अभियानसँग जोडियो किलिण्डर

स्टार्टअपसँग अन्नपूर्ण’ अभियानसँग जोडियो किलिण्डर

काठमाडौं : युवा उद्यमीहरूले सुरू गरेको स्टार्टअप व्यावसायको प्रवर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरू गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा किलिण्डर सर्भिसेज प्रालि जोडिएको छ ।  सोमबार नेटवर्कको तीनकुनेस्थित केन्द्रीय कार्यालयमा भएको एक समारोहमा उक्त सम्झौता भएको हो । 

सम्झौतापत्रमा अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत र किलिण्डर सर्भिसेज प्रालिका संस्थापक रवि किरण यादवले हस्ताक्षर गरे ।  किलिण्डरले सार्वजनिक यातायातलाई डिजिटल टिकेटिङ सेवासहित बृहत् टिकेटिङ व्यवस्थापन प्रणाली प्रदान गर्दै आइरहेको छ । यसका अलावा सरकारी तथा गैरसरकारी संस्थाहरूको आवश्यकता अनुसार टिकेटिङ व्यवस्थापन प्रणाली निर्माण गरिदिने सेवा समेत प्रदान गरिरहेको छ ।

‘यो अभियानसँग जोडिन पाउँदा खुसी लागेको छ,’किलिण्डर सर्भिसेज प्रालिका संस्थापक रवि किरण यादव भने, ‘यसले स्टार्टअप कम्पनीहरूले थालेको परियोजनालाई बजारीकरण,ब्रान्डिङ र केयरिङमा सघाउनेछ ।’

अभियानमा जोडिदा टिकेटिङ व्यवस्थापन प्रणालीलाई बृहत्रुपमा कार्यान्वयनमा ल्याउन मदत गर्ने उनले बताए ।  यो अभियानमा  नेटवर्कका सबै प्लेटफर्महरू सहभागी हुनेछन् । नेटवर्कले हाल नेपाली संस्करण अन्नपूर्ण पोस्ट दैनिक, अंग्रेजी द अन्नपूर्ण एक्सप्रेस डेली,रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज,अनलाइन न्यूज पोर्टल अन्नपूर्ण पोस्ट डट कम, एपीवान टेलिभिजनलगायतका मिडिया प्लेटफर्महरू सञ्चालन गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.