ओरियन्टल इन्स्योरेन्सले स्थापना दिवस मनायो
काठमाडौं : ओरियन्टल इन्स्योरेन्स कम्पनीले आफ्नो ७८ औं स्थापना दिवस भव्य रूपमा मनाएको छ। कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान लगायतका कार्यक्रमको आयोजना गरी स्थापना दिवस भव्य रूपमा मनाएको हो।
ओरियन्टल इन्योरेन्सको काठमाडौंस्थित डिल्लीबजार चारखालमा रहेको कार्यालयमा रक्तदान लगायतका कार्यक्रम सम्पन्न भएका छन्। कम्पनीले आफ्नो स्थापना दिवसको दिनमा सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको जनाएको छ।
कार्यक्रममा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्ती लगायत कम्पनीका कर्मचारीहरू र अन्य संस्थाका उच्च पदाधिकारीको उपस्थितिमा भव्यताका साथ सम्पन्न भएको छ। करिब १५० जना मनिसलाई रक्तदान गर्नुका साथै निःशुल्क स्वास्थ्य परीक्षण समेत गराएका छन्।
स्थापना दिवस अन्तर्गत आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्तीले सम्पूर्ण बिमित, कर्मचारी र विभिन्न क्षेत्रबाट आएका पाहुनालाई शुभकामना तथा बधाई ज्ञापन गरेका छन्।
साथै कम्पनीकी नायब प्रमुख कार्यकारी अधिकृत शिरसा मारजोलाले सबै बिमित र नेपाली नागरिकहरूलाई बधाई तथा शुभकामना ज्ञापन गरेकी छिन्।