रोयल इनफिल्डद्वारा “रोपाइँ महा राइड नेपालगन्ज २०८३”सम्पन्न,
नेपालगन्ज : नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभअन्तर्गत नेपालगन्जको आधिकारिक डिलर वेस्टएन्डले नेपाली कृषि संस्कृति, स्थानीय परम्परा र मोटरसाइकल राइडिङ समुदायलाई एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ ‘रोयल इनफिल्ड रोपाइँ महा राइड नेपालगन्ज २०८३’ सफलतापूर्वक आयोजना गरेको छ।
राष्ट्रिय धान दिवसको पूर्वसन्ध्यामा आयोजित यस विशेष कार्यक्रमले नेपालको कृषि परम्परा, रोपाइँ संस्कार र ग्रामीण जीवनशैलीलाई प्रवर्द्धन गर्दै राइडरहरूलाई अविस्मरणीय अनुभव प्रदान गरेको थियो। रोयल इनफिल्ड नेपालगन्ज शोरुमबाट सुरु भएको राइड गाभर भ्यालीसम्म पुगेको थियो, जहाँ २०० जना रोयल इनफिल्ड राइडर सहभागी भएका थिए। कार्यक्रमका प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिल कुमार तामाङ ले नेपालको कृषि संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउने तथा पर्यटन र समुदायलाई जोड्ने यस्ता कार्यक्रमको प्रशंसा गरे।
कार्यक्रममा सहभागीहरूले परम्परागत धान रोपाइँ मा सहभागिता जनाउनुका साथै अक्स फिल्डिङ (Ox Fielding), मड्डी टग अफ वार (Mud Tug of War), म्युजिकल चेयर प्रतियोगिता, थारु सांस्कृतिक कार्यक्रम तथा गाभर भ्यालीका स्थानीय अर्गानिक परिकारहरूको स्वाद समेत लिएका थिए। यस कार्यक्रमले साहसिक मोटरसाइकल यात्रालाई नेपालको मौलिक कृषि संस्कृति र स्थानीय जीवनशैलीसँग सुन्दर ढंगले जोडेको थियो।
"Pure Motorcycling" को आफ्नो मूल दर्शनअनुसार रोयल इनफिल्डले नेपालभर राइडिङ संस्कृति, समुदाय बीचको सम्बन्ध, साहसिक यात्रा तथा स्थानीय संस्कृति प्रवर्द्धन गर्ने विविध कार्यक्रमहरू निरन्तर आयोजना गर्दै आएको छ। यस्ता पहलमार्फत ब्रान्डले मोटरसाइकल यात्रालाई केवल यात्रा नभई अनुभव, संस्कृति र समुदायसँग जोड्ने अभियानका रूपमा अघि बढाइरहेको छ।
अल्फा अटोमोटिभले आगामी दिनहरूमा पनि सुरक्षित र जिम्मेवार राइडिङलाई प्रवर्द्धन गर्दै नेपालको प्राकृतिक, सांस्कृतिक तथा पर्यटन सम्भावनालाई उजागर गर्ने यस्ता समुदायमुखी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस !