जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम सञ्चालनमा, विश्वस्तरीय डिजाइन अब नजिकै

जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम सञ्चालनमा, विश्वस्तरीय डिजाइन अब नजिकै
सुन्नुहोस्

काठमाडौं  : कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको जोरपाटीमा नयाँ शोरुम सञ्चालनमा ल्याउँदै राजधानीमा आफ्नो रिटेल नेटवर्कलाई थप सुदृढ बनाएको छ। 

शिव शक्ति बिजनेस हाउससँगको साझेदारीमा सञ्चालित यस नयाँ शोरुमले स्थानीय घरधनी, निर्माणकर्ता र डिजाइनरहरूलाई लक्षित गर्दै ब्रान्डका प्रिमियम फ्लोर र वाल टायल्सको बृहत श्रृंखलामा प्रत्यक्ष पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ।

शोरुमको औपचारिक उद्घाटन सोमबार बिहान १०:३० बजे रिबन काटेर सम्पन्न भयो। उक्त भव्य उद्घाटन समारोहमा मुख्य अतिथि नेपालका पूर्व प्रधानन्यायाधीश सम्माननीय प्रकाशमान सिंह राउत, कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र ब्रान्ड एम्बेसेडर दिव्या रायमाझी लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। 

जसले कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधि र शिव शक्ति बिजनेस हाउसका नेतृत्वसँग मिलेर औपचारिक रूपमा शोरुमलाई समुदायका लागि खुला गरे। आधुनिक र आकर्षक शैलीमा व्यवस्थित गरिएको यस शोरुमले ग्राहकलाई टायल खरिदको एक उत्कृष्ट अनुभव प्रदान गर्नेछ। यसले ग्राहकहरूलाई विभिन्न टायल्सको प्याटर्न, फिनिसिङ र साइजहरूलाई प्रत्यक्ष रूपमा छामेर, महसुस गरेर र हेरेर आफ्नो व्यक्तिगत वा व्यावसायिक परियोजनाका लागि उपयुक्त छनोट गर्न सहज बनाउनेछ।

“शिव शक्ति बिजनेस हाउससँगको यो सहकार्य जोरपाटी, नारायणटार र यस आसपासका द्रुत रूपमा विकास भइरहेका क्षेत्रका ग्राहकहरूलाई सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रतीक हो। हाम्रो विश्वस्तरीय कलेक्सनलाई स्थानीय बासिन्दाहरूको नजिकै पुर्‍याएर हामी उहाँहरूको घर निर्माण प्रक्रियालाई सहज बनाउन र आफ्ना कोठा तथा घरहरूलाई थप आकर्षक बनाउनका लागि उत्कृष्ट एवं आधुनिक डिजाइनका सर्फेसिङ सामग्रीहरू उपलब्ध गराउन चाहन्छौं,” उद्घाटनका क्रममा कजारिया रमेश टायल्स लिमिटेडका एक प्रतिनिधिले भने।

नारायणटार, जोरपाटीस्थित दक्षिणढोकामा सहज पहुँच हुने गरी स्थापना गरिएको यो शोरुम अहिले पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.