नेपालमा सार्वजनिक भयो इन्फिनिक्सको स्मार्ट २०

नेपालमा सार्वजनिक भयो इन्फिनिक्सको स्मार्ट २०

काठमाडौं : इन्फिनिक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘स्मार्ट २०’ सार्वजनिक गरेको छ। कम्पनीले कृत्रिम बुद्धिमत्तामा आधारित सञ्चार सुविधा, लामो ब्याट्री ब्याकअप, आकर्षक डिजाइन तथा भरपर्दो कार्यसम्पादनसहित उक्त स्मार्टफोन बजारमा ल्याएको जनाएको छ।

कम्पनीका अनुसार स्मार्ट २० मा आवाजलाई स्पष्ट बनाउने प्रविधि, १२० हर्ज रिफ्रेस रेट भएको ६.७८ इन्चको डिस्प्ले, शक्तिशाली प्रोसेसर तथा ५ हजार २०० एमएएच क्षमताको ब्याट्री उपलब्ध छ। साथै, मोबाइल नेटवर्क नहुँदा पनि सीमित दूरीसम्म कल तथा सन्देश आदानप्रदान गर्न सकिने सुविधा यसमा समावेश गरिएको छ।

स्मार्टफोनमा कृत्रिम बुद्धिमत्तामा आधारित लेखन, गीत पहिचान, कागजात स्क्यान, स्पिकर सफा गर्ने, एक–ट्याप खोज तथा भर्चुअल सहायकलगायतका स्मार्ट सुविधाहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ। यस्तै, पानी र धुलोबाट सुरक्षित रहने, भिजेको हातले पनि सहज रूपमा प्रयोग गर्न मिल्ने तथा सामान्य उचाइबाट खस्दा समेत सुरक्षित रहने गरी यसको डिजाइन गरिएको कम्पनीको दाबी छ।

इन्फिनिक्स स्मार्ट २० को ४ जीबी र्याम र ६४ जीबी भण्डारण क्षमता भएको मोडलको मूल्य १९ हजार ९९९ रुपैयाँ तथा ४ जीबी र्याम र १२८ जीबी भण्डारण क्षमता भएको मोडलको मूल्य २१ हजार ९९९ रुपैयाँ तोकिएको छ। स्मार्ट २० नेपालभरका आधिकारिक बिक्रेता तथा स्मार्टफोन बिक्री केन्द्रहरूमा उपलब्ध भइसकेको कम्पनीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.