ललितपुरको जावलाखेलमा नेपालकै पहिलो ‘बोश ब्रान्ड स्टोर’ सञ्चालनमा
काठमाडौं : होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी ब्रान्ड बोश (Bosch) ले नेपालमा आफ्नो प्रिमियम उत्पादनहरूको उपस्थिति विस्तार गरेको छ।
BSH Home Appliances ले नेपालको प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी ग्रुपसँगको दीर्घकालीन सहकार्यलाई थप मजबुत बनाउँदै ललितपुरको प्रमुख व्यावसायिक क्षेत्र जावलाखेलमा देशकै पहिलो ‘बोश ब्रान्ड स्टोर’ सञ्चालनमा ल्याएको हो। यो स्टोरको उद्घाटनसँगै नेपाली उपभोक्ताहरूले जर्मन इन्जिनियरिङ र प्राविधिक उत्कृष्टताले भरिपूर्ण प्रिमियम होम अप्लायन्सको प्रत्यक्ष अनुभव लिन पाउने भएका छन्।
सहरीकरण, बढ्दो आम्दानी र दैनिक जीवनलाई सहज बनाउने प्रविधिमैत्री उपकरणप्रतिको बढ्दो रुचिका कारण नेपालको जीवनशैली तीव्र रूपमा परिवर्तन भइरहेको छ। जावलाखेलमा खोलिएको नयाँ शोरुममा उपभोक्ताहरूका लागि रेफ्रिजेरेसन, लन्ड्री (वासिङ मेसिन), डिशवासर, फुड प्रिपरेसन र अत्याधुनिक बिल्ट-इन किचन समाधानहरू (ओभन, हब र हुड) प्रदर्शनमा राखिएका छन्।
नयाँ स्टोर सञ्चालनबारे टिप्पणी गर्दै BSH Home Appliances India का प्रबन्ध निर्देशक एवं सीईओ सैफ खानले नेपालमा प्रिमियम होम अप्लायन्स क्षेत्रमा नयाँ अवसरहरू सिर्जना भइरहेको र लक्ष्मी ग्रुपसँगको सहकार्यबाट आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाउन पाउँदा खुसी लागेको बताए। उनले बोशको ‘इन्भेन्टेड फर लाइफ’ को दर्शन अनुसार नेपाली उपभोक्तालाई विश्वस्तरीय प्रविधि उपलब्ध गराउन ब्रान्ड प्रतिबद्ध रहेको उल्लेख गरे।
नेपालको लन्ड्री बजारमा फ्रन्ट-लोड वासिङ मेसिनले कुल बिक्रीको ७० देखि ८० प्रतिशत हिस्सा ओगटेकाले बोशले यहाँ ठुलो सम्भावना देखेको छ। यसका साथै, बदलिँदो पारिवारिक संरचना र स्वच्छताप्रतिको सचेतनाले गर्दा नेपालमा डिशवासरको माग पनि तीव्र रूपमा बढिरहेको छ।
सहकार्यबारे बोल्दै लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले पाँच दशकदेखि लक्ष्मी ग्रुपले विश्वस्तरीय उत्पादन नेपाली उपभोक्तामाझ ल्याइरहेको स्मरण गर्दै गुणस्तर र विश्वसनीयताका लागि प्रख्यात बोशसँगको यो साझेदारीले देशको प्रिमियम होम अप्लायन्स बजारको विकासमा अर्थपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
हाल देशभर रहेका ७० भन्दा बढी डिलर र २० वटा आधुनिक ट्रेड आउटलेटहरूको सञ्जाललाई यस नयाँ ब्रान्ड स्टोरले थप ऊर्जा दिनेछ। सन् २०२५ मा करिब १५ अर्ब युरोको कारोबार गरेको BSH ग्रुपले आगामी दिनमा नेपालभर उत्कृष्ट एफ्टर-सेल्स सर्भिस (मर्मत सम्भार सेवा) र नयाँ उत्पादनहरू भित्र्याउँदै बजार विस्तार गर्ने लक्ष्य राखेको छ।
प्रतिक्रिया दिनुहोस !