रोयल इनफिल्डद्वारा विश्व मोटरसाइकल दिवसमा भैरहवा–लुम्बिनी राइड सम्पन्न
भैरहवा : नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ अन्तर्गतको प्रिमियम मोटरसाइकल ब्रान्ड रोयल इनफिल्ड ले विश्व मोटरसाइकल दिवसको अवसरमा भैरहवाबाट लुम्बिनीसम्म विशेष समूह राइड कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा १२५ भन्दा बढी रोयल एनफिल्ड राइडरहरूको उत्साहजनक सहभागिता रहेको थियो।
रोयल इनफिल्ड भैरहवाबाट सुरु भएको राइड लुम्बिनी पुगेर विभिन्न मनोरञ्जनात्मक तथा सचेतनामूलक गतिविधिसहित सम्पन्न भएको थियो। कार्यक्रममा सुरक्षित र जिम्मेवार मोटरसाइकल चलाउने संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले Riding Safety, Road Safety awareness, Gear सम्बन्धी ज्ञान आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।
यसका साथै सहभागीहरूका लागि विभिन्न खेलकुद गतिविधि, फोटोसुट तथा भिडियोसुट, क्लब मिटअप, स्विमिङ, सांगीतिक प्रस्तुति (कन्सर्ट) तथा गाला डिनर कार्यक्रमको समेत व्यवस्था गरिएको थियो। कार्यक्रममा सहभागी राइडरहरूले आपसी सम्बन्ध सुदृढ गर्नुका साथै जिम्मेवार र सुरक्षित राइडिङ संस्कृतिको प्रवर्द्धनमा आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए।
रोयल इनफिल्ड नेपालमा नियमित रूपमा राइडिङ संस्कृति, समुदाय निर्माण तथा जिम्मेवार मोटरसाइकल यात्रालाई प्रवर्द्धन गर्ने अग्रणी ब्रान्डमध्ये एक हो। कम्पनीको ‘Pure Motorcycling’ भन्ने मुख्य सिद्धान्तअनुरूप यसले नेपालभर विभिन्न राइड, समुदाय–केन्द्रित कार्यक्रम तथा एड्भेन्चर गतिविधिहरू सञ्चालन गर्दै आएको छ।
विश्वव्यापी रूपमा पनि रोयल इनफिल्डले मोटरसाइकल समुदायलाई जोड्ने विभिन्न प्रतिष्ठित कार्यक्रमहरू आयोजना गर्दै आएको छ। भारतको गोवामा आयोजना हुने Motoverse (पूर्व नाम Rider Mania) तथा चुनौतीपूर्ण र उच्च हिमाली भू–भाग पार गर्दै गरिने Himalayan Odyssey जस्ता कार्यक्रममार्फत विश्वभरका हजारौं मोटरसाइकल पारखीहरूलाई एकै मञ्चमा ल्याउने कार्य गरिरहेको छ।
अल्फा अटोमोटिभले रोयल इनफिल्ड समुदायलाई अझ सशक्त बनाउँदै सुरक्षित राइडिङ, जिम्मेवार मोटरसाइकल संस्कृति तथा साहसिक यात्राको प्रवर्द्धन गर्ने यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस !