एलजीले ‘हरेक घरको खुसी, घर-घरमा एलजी’ अभियान देशका प्रमुख सहरहरूमा विस्तार गर्दै

एलजीले ‘हरेक घरको खुसी, घर-घरमा एलजी’ अभियान देशका प्रमुख सहरहरूमा विस्तार गर्दै
सुन्नुहोस्

काठमाडौं : काठमाडौंमा राष्ट्रिय शुभारम्भपछि एलजीले आफ्नो ‘हरेक घरको खुसी, घर-घरमा एलजी’ अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने भएको छ। यसअन्तर्गत इटहरी (१५ असार), नारायण घाट (१७ असार), पोखरा (१९ असार), बुटवल (२१ असार) र नेपालगन्ज (२३ असार) मा चरणबद्ध रूपमा विशेष कार्यक्रम आयोजना गरिनेछ। 

यी कार्यक्रममार्फत स्थानीय उपभोक्ताले एलजी एसेंशियल सिरिजका उत्पादनहरू प्रत्यक्ष अनुभव गर्ने, तिनका विशेषताबारे जानकारी प्राप्त गर्ने तथा आफ्ना आवश्यकता अनुरूप उपयुक्त समाधान छनोट गर्ने अवसर पाउनेछन्। एलजी इलेकट्रोनिक्स सिंगापुर प्रालिले आफ्नो आधिकारिक वितरक सिजी इलेकट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राखी विकास गरिएको नयाँ घरेलु उपकरण शृङ्खला एलजी एसेंशियल सिरिज सार्वजनिक गरेको छ। काठमाडौँमा आयोजित विशेष कार्यक्रममा उक्त शृङ्खलाको औपचारिक अनावरण गरिएको हो।

“हरेक घरको खुसी, घर-घरमा एलजी” अभियानअन्तर्गत सार्वजनिक गरिएको एसेंशियल सिरिजले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई एकैसाथ समेटेको छ। नेपाली परिवारहरूको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनहरूले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने एलजीको विश्वास रहेको छ। नयाँ शृङ्खलामा नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल-डोर रेफ्रिजरेटर, फुली अटोमेटिक टप-लोड वासिङ मेसिन तथा रुम एयर कन्डिसनर समावेश छन्।

नेपाली घरपरिवारका लागि विशेष रूपमा विकसित उत्पादनहरू
एलजी एसेंशियल सिरिज डबल-डोर रेफ्रिजरेटर
फ्रस्ट-फ्री टेक्नोलोजी सहितको यस रेफ्रिजरेटरले म्यानुअल डिफ्रोस्टिङको आवश्यकता हटाउँछ। स्मार्ट मोड सुविधाले मौसमअनुसार स्वचालित रूपमा चिस्यान नियन्त्रण गर्छ भने अघिल्ला मोडेलहरूको तुलनामा २० प्रतिशत ठूलो तरकारी भण्डारण क्षमताले नेपाली परिवारहरूको आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गर्छ।

एलजी एसेंशियल सिरिज फुली अटोमेटिक टप-लोड वासिङ मेसिन
नेपालका विविध वातावरणीय अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको यस वासिङ मेसिनमा प्रोशिल्ड मोटर, बीएमसी कभर तथा आईपीएक्स४ प्रमाणित वाटर-रेसिस्टेन्स कन्ट्रोल प्यानल जस्ता सुविधाहरू समावेश छन्। साथै लो-प्रेसर फिल टेक्नोलोजीले कम पानीको चापमा पनि प्रभावकारी धुलाई सुनिश्चित गर्छ।

एलजी एसेंशियल सिरिज रुम एयर कन्डिसनर
ऊर्जा-दक्ष प्रविधिसहितको यस एयर कन्डिसनरले प्रभावकारी कूलिङ तथा हिटिङ सुविधा प्रदान गर्छ। परम्परागत नन-इन्भर्टर एयर कन्डिसनरको तुलनामा कम विद्युत् खपत गर्ने यस उत्पादनमा वातावरणमैत्री आर३२ रेफ्रिजरेन्ट प्रयोग गरिएको छ। साथै न्यून ध्वनि सञ्चालनले प्रयोगकर्तालाई थप आरामदायी अनुभव प्रदान गर्छ।

एलजी एसेंशियल सिरिजको बिक्री वितरण नेपालभर जुन २०२६ देखि सुरु हुने कम्पनीले जनाएको छ। प्रारम्भिक मोडेलहरूको मूल्य करिब रु. ४९,६९० बाट सुरु हुनेछ। उत्पादनहरू देशभरका आधिकारिक एलजी ब्रान्ड शप, मल्टी-ब्रान्ड रिटेल आउटलेट तथा प्रमुख ई-कमर्स प्लेटफर्म मार्फत उपलब्ध हुनेछन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.