सगरमाथालाई ताप्लेजुङ गोल्डकप

सगरमाथालाई ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ : दोस्रो ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा युथ क्लबले जितेको छ । सिरहाको सलहेस युथ क्लबलाई १–० गोलले पराजित गर्दै मोरङको सगरमाथाले उपाधि उचालेको हो । खेलको दोस्रो मिनेटमा सगरमाथाका विजय भुजेलले गरेको गोल नै निर्णायक बनेको थियो । 

निर्धारित समयमा दुवै समूहले आक्रामक खेल प्रस्तुत गरेपनि सिरहाले कुनै गोल फर्काउन नसक्दा पराजय बेहोर्न बाध्य भयो । विजेता सगरमाथाले पाँच लाख रुपैयाँ नगद पुरस्कार पायो । उपविजेता सहलेसले दुई लाख ५० हजार पाँच सय ५५ रुपैयाँमा चित्त बुझायो । प्रतियोगितामा विभिन्न बिधाका उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

भदौ ३ गतेबाट सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा भारतको एकसहित आठ टोलीको सहभागिता रहेको थियो । लाखेजात्रा सञ्चालन समितिले लाखेजात्राको अवसर पारेर प्रत्येक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।

एकैदिन १० लाख १४ हजार संकलन

आयोजकले फाइनलको दिन मात्र प्रवेश शुल्कबाट १० लाख १४ हजार रुपैयाँ संकलन गरेको छ ।  आयोजक संस्था लाखेजात्रा सञ्चालन समितिले सोमबार फाइनलका दिन चार हजार ५६ जनाले टिकट लिएको र त्यसवापत १० लाख १४ हजार रुपैयाँ संकलन भएको कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए ।

यसअघिका ६ खेलको प्रवेश शुल्क वापत समितिले १३ लाख ६२ हजार ६ सय रुपैयाँ संकलन गरेको थियो । योसँगै यस वर्षको प्रवेश शुल्क वापत २३ लाख ७६ हजार ६ सय रुपैयाँ संकलन गरेको छ । फाइनलको प्रवेश शुल्क जनही दुई सय ५० रुपैयाँ तोकिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.