नाडा अटो शोमा केइको ३ वटा मोडल सार्वजनिक

नाडा अटो शोमा केइको ३ वटा मोडल सार्वजनिक
सुन्नुहोस्

काठमाडौं : नेपालको लागि केइ अटोमोबाइल्स को आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले आज NADA Auto Show 2024 को पहिलो दिन आफ्नो स्टल नं H-16 बाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट आफ्नो ३ ओटा मोडल सार्वजनिक गर्दै बुकिङ खुल्लाएको छ। 

यी तीन मोडल e-Qute 02, e-Qute 04 र इलेक्ट्रीक एसयूभX3 Pro EV रहेका छन्। e-Qute 02 मोडल दुई भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ जस्मा २०० किमी रेन्ज दिने भेरिएन्टलाई
१९ लाख ९६ हजार मुल्य कायम गरिएको छ भने ३०० किमी भेरिएन्टको मूल्य २२ लाख ९६ हजार रहेको छ | E-Qute 02 मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ। यसको अधिकतम टर्क ११० एनएम छ।

त्यसै गरी e-Qute 04, ३०० किमी रेन्ज को मूल्य २४ लाख ९६ हजार छ। E-Qute 04 मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ। यसको अधिकतम टर्क ११० एनएम छ।

त्यसैगरी तेस्रो मोडल X3 Pro EV इलेक्ट्रिक एसयूभी, डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध छ। डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ। यसमा ५३.६ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ। यसको अधिकतम टर्क २८० एनएम छ।

यस NADA स्पेसल अफर अन्तर्गत केइ गाडी को खरिदमा ग्राहकले ७.३ किलोवाट को वाल माउन्टेड चारजर, साथै १ वर्षको लागि निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन्। नाडा अटो शोमा केइ अटोमोबाइल्स को स्टल नं H-16 मा भाद्र ११ देखी भाद्र १६ गते सम्म हुने NADA Auto show मा आएर केई ब्रान्ड र नाडामा लन्च गरिएको केइका गाडीहरू को बारे जानकारी लिन लक्ष्मी ई मोबिलिटी सबैलाई हार्दिक आमन्त्रण गर्दछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.