‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानसँग जोडियो ब्रेमी
![‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानसँग जोडियो ब्रेमी](https://annapurnapost.prixacdn.net/media/albums/annapurnap-start-up_ZhdcUpMXlZ_jQ5XPk85Cp.jpg)
काठमाडौं : युवा उद्यमीहरूले सुरू गरेको स्टार्टअप व्यावसायको प्रवर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरू गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा स्कलर्स स्पेश प्रालि जोडिएको छ । बुधबार नेटवर्कको तीनकुनेस्थित केन्द्रीय कार्यालयमा एक समारोहका बीच उक्त सम्झौता भएको हो ।
सम्झौतापत्रमा ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानको मार्केटिङ संयोजक सुधा भुजेलले र स्कलर्स स्पेश प्रालिका सिईओ रोहित सेन्चुरीले हस्ताक्षर गरे । ब्रेमीले कक्षा १० देखि १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि एप र वेवसाइडको निर्माण गरी विद्यार्थीहरूलाई शैक्षिक सिकाइमा सघाउँदै आएको छ । यसले प्रदान गर्ने अधिकांश सेवाहरूमा एआई प्रविधि जोडिएको छ ।
‘अधिकांश कर्पोरेट हाउसहरूले ठूला उद्यमीहरूलाई लक्षित गरी कार्यक्रमहरू गर्ने गरेकोमा अन्नपूर्णले साना स्टार्टअपहरूलाई उत्तिकै महत्व दिएर अभियान सञ्चालन गर्नु हामीहरूका लागि एक सुर्वण अवसर हो ’ स्कलर्स स्पेश प्रालिका संस्थापक दर्शन अवस्थीले भने, ‘यो अयिभानले हाम्रो एक्सपोजर,नेटर्वकिङ र मार्गदर्शन प्राप्त हुनेछ ।'
यो अभियानमा नेटवर्कका सबै प्लेटफर्महरू सहभागी हुनेछन् । नेटवर्कले हाल नेपाली संस्करण अन्नपूर्ण पोस्ट दैनिक,अंग्रेजी द अन्नपूर्ण एक्सप्रेस डेली,रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज,अनलाइन न्यूज पोर्टल अन्नपूर्ण पोस्ट डट कम,एपीवान टेलिभिजनलगायतका मिडिया प्लेटफर्महरू सञ्चालन गदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)