मध्य भोटेकोशीबाट विद्युत उत्पादन सुरू गर्न ऊर्जा मन्त्रीको निर्देशन

मध्य भोटेकोशीबाट विद्युत उत्पादन सुरू गर्न ऊर्जा मन्त्रीको निर्देशन
सुन्नुहोस्

सिन्धुपाल्चोक : ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले दुई महिनाभित्र मध्य भोटेकोशीबाट विद्युत उत्पादन सुरू गर्न निर्देशन दिएका छन्।

बुधबार सिन्धुपाल्चोकको बाह्रविसे नगरपलिका-५ जम्बुमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजना र सवस्टेशन निरीक्षण गर्न आइपुगेका मन्त्री खड्काले आयोजनाले विद्युत उत्पादन सुरु गरी प्रसारण लाइनमा जोड्न ढिलाइ गर्न नहुने बताए। 

‘मध्य भोटेकोशी आयोजनाको समस्या र स्थानीयको माग सम्बोधन हुन्छ, तपाईँहरू दुई महिनाभित्र विद्युत उत्पादन सुरु गर्नुस्,’ निरीक्षण पछि नेपाली कांग्रेसले आयोजना गरेको संक्षिप्त भेटघाटमा उनले भने, ‘यस आयोजनाले सुख्खायामको विद्युतको माग धान्नका लागि ठूलो सहयोग गर्छ। त्यसैले सबै गम्भीर भएर आयोजनाको विद्युत् जतिसक्दो छिट्टो जोड्नेतर्फ लाग्नुपर्छ।’

मन्त्री खड्काले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनुपर्ने कुनै कारण नभएको बताए। ‘विद्युतको क्षेत्रमा ऊर्जाशील भएर काम गर्ने कुलमान घिसिङलाई हटाउने कुनै विषय छैन,’ उनले भने, ‘राम्रो मान्छे जुनसुकै दलको होस्, राम्रो भन्न सक्नुपर्छ। उहाँले राम्रो काम गर्नुभएको छ।’ 

कुलमानबारे सरकारले यो गर्ने या त्यो गर्ने भनेर आएका भ्रामक प्रचारमा विश्वास नगर्न आग्रह गर्दै मन्त्री खड्काले सरकारले कुलमानलाई हटाउनेबारे कुनै तयारी नगरेको स्पष्ट गरे। ‘सडक र संसद्मा अनेकन कुरा उठेको छ, अनेक विवाद सुन्न पाइन्छ, कुलमानप्रति सरकारले कुनै धारणा बनाएको छैन,’ उनले भने।

मन्त्री खड्काले भारतसँग १० हजार मेगावाट विद्युत ब्रिक्री भएको भन्दै बंगलादेशसँग यससम्बन्धी सल्लाह भइरहेको बताए। उनले आफू ऊर्जा मन्त्रालयमा भ्रष्टाचारको वि‍षयमा निर्मम ढंगले प्रस्तुत भएको बताए। सरकारले ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै यसका कारण स्थानीय जनतालाई आर्थिकरूपमा सम्पन्न बनाउन सकिने मन्त्री खड्काले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.