संगठन सुदृढीकरण

एमालेको सचिवालय बैठक आज बस्दै, तेस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने तयारी

एमालेको सचिवालय बैठक आज बस्दै, तेस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने तयारी

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ। पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्ताव, सरकारको कामको समीक्षा, तेस्रो चरणको पार्टीको सांगठनिक कार्यक्रम सार्वजनिक गर्ने विषयमा छलफल केन्द्रित हुनेछ। एमालेले सरकार र सांगठनिक गतिविधि सँगसँगै लगेर जनतामाझ पुग्ने लक्ष्य राखेको छ। 

पछिल्लो समय एमालेले पार्टीलाई चलायमान बनाइरहेको छ। मिसन ग्रासरुट, झुलाघाट चिवाभञ्ज्याङ संकल्प यात्रा चलाएको एमालेले हाल सरकारको नेतृत्व गरेपनि  ‘मिसन ८४’ मा केन्द्रित देखिएको छ। मिसन ८४ लाई मध्यनजर गर्दै तीनै तहका जनप्रतिधिको कामलाई योजनाबद्ध रूपमा अघि बढाउनु अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन्।

एमालेले यसअघि २०८१ सालमा संगठन र सदस्यता विस्तार गर्ने, पार्टी शुद्धीकरण र  सुदृढीकरण अभियान चलाउने गरी कार्ययोजना तयार पार्ने निर्णय गरेको थियो। एमालेको यस अगाडि बसेको सचिवालय बैठकले मिसन ८४ लाई केन्द्रित गरी ठूलो संख्यामा केन्द्रीय सदस्य र पदाधिकारीहरूको जिम्मेवारी हेरफेर,  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित गरेको छ।

पार्टीलाई बलियो र निर्णायक शक्तिका रूपमा स्थापित गर्ने संकल्प गरेको जनाउँदै पार्टीको समग्र कामलाई पनि सोही उद्देश्यअनुरूप अघि बढाउन नेता कार्यकर्तालाई एमाले नेतृत्वको निर्देशन छ।

एमाले र कांग्रेसका बीचमा भएको ७ बुँदे सहमतिबाट जनतामा नयाँ प्रकारको आशाको सञ्चार भएको  एमालेको दाबी छ। पार्टी अध्यक्षको नेतृत्वको सरकारले समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षाअनुरूप विकास र समृद्धिका कामहरूलाई योजनाबद्ध रूपमा अघि बढाउन सुरु गरेको एमालेको भनाइ छ। 

राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन, आर्थिक गतिविधिलाई चलायमान बनाउने, राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म अध्यक्ष आफूले र त्यसपछि २०८४ मंसिरमा हुने आमनिर्वाचनसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने लगायतका सहमति भएको सार्वजनिक रुपमा ओलीले जानकारी गराइसकेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.