बाढीले अवरुद्ध थोपलखोला कजवे पुल सञ्चालनमा

बाढीले अवरुद्ध थोपलखोला कजवे पुल सञ्चालनमा
सुन्नुहोस्

धादिङ : थोपल खोलामा आएको बाढीले गर्दा धादिङको सदरमुकाम स्थित नीलकण्ठ नगरपालिका-३ र १२ जोड्ने थोपलखोलाको कजवे पुल ३ दिनपछि पुनः सञ्चालनमा आएको छ । अविरल वर्षका कारण पुलको छेउमा माटो बगाउँदा अवरुद्ध भएको थियो ।

नीलकण्ठ नगरपालिकाका उपमेयरको नेतृत्वमा नगर प्रहरी, स्थानीय लगायतको श्रमदानमा उक्त सडकलाई सुचारु गरिएको छ। बाढीले कजवे पुल अप्रोच सडक बगाउँदा अवरुद्ध बनेको सडकमा ग्याविन जाली हालेर सडक सुचारु गरिएको नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माले बताए । 

श्रमदानमा नगरपालिकाका सल्लाहकार दिपक कोइरालाको समेत उपस्थिति रहेको थियो । कजवेको छेउमा प्राविधिक स्टमेट अनुसार ग्याविन जाली भरिएको हो। 

नीलकण्ठ नगरपालिकाको प्राविधिक तथा आवश्यक सामाग्रीको सहयोगमा उक्त सडक सुचारु भएको हो । एप्रोच सडक बगाउँदा धादिङबेसीदेखि तिप्लङसम्म जोड्ने सडकको यातायातसमेत प्रभावित भएको थियो । 

सो स्थानमा पक्की मोटरेवल पुल नहुँदा हरेक वर्षजसो मानिसले खोला तर्दा ज्यानको बाजी थापेर ओहोर-दोहोर गर्ने गरेको गुनासो आउँछन् । सडक सुचारु भएपछि उक्त क्षेत्र भएर आवात जावत गर्ने स्थानीयहरूलाई हाल सहज भएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.