छानबिन समितिले दिएका प्रतिवेदन समीक्षा गर्ने बेला आएको छ : मन्त्री पाण्डे
काठमाडौं : संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटनापछि बनेका छानबिन समितिहरूले दिएका प्रतिवेदन तथ्य परक छन् या छैनन् भन्ने विषयमा समीक्षा गर्ने बेला आएको बताएका छन्।
बिहीबार वायु सेवा सञ्चालक सेवा संघ नेपालद्वारा आयोजित हवाई सुरक्षासम्बन्धी दुई दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्। उनले नेपालको हवाई दुर्घटनापछि छानबिन गर्न बनेका समिति कत्तिको सत्य र तथ्यमा आधारित छन ? त्यसबारे समीक्षा गर्नुपर्ने बेला आएको बताए।
'हवाई दुर्घटनापछि छानबिन समिति बन्ने गरेका छन्। बनेका छानबिन समिति कत्तिको सत्य,तथ्यमा आधारित छन् त्यसको समीक्षा गर्ने बेला आएको उनको भनाइ छ । उनले भने,'यदि दिएका प्रतिवेदन तथ्य परक थिए भने त्यसको कार्यान्वयन किन हुन सकिरहेको छैन ? उनले त्यसबारे सोच्नुपर्ने बेला आएको छ । '
उनले आन्तरिक हवाई यात्रुहरूमा समेत उड्डयन क्षेत्रप्रतिको विश्वासमा क्षयीकरण भएको बताए। मन्त्री पाण्डेले यसबारेमा सरोकारवाला निकायहरू गम्भीर र सचेत बन्नु पर्नेमा जोड दिए।