राष्ट्रपतिबाट प्रमाणीकरण भयो टीआरसी विधेयक
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ (टीआरसी) प्रमाणीकरण गरेका छन्। संघीय संसद्को दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा) बाट पारित भएको टीआरसी विधेयक राष्ट्रपति पौडेलले आज प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बुधबार सो विधेयक प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका थिए। गत साउन ३० मा प्रतिनिधिसभाबाट पारित भएको विधेयक गत भदौ ६ गते राष्ट्रिय सभाले पारित गरेको थियो।
राष्ट्रपतिबाट प्रमाणीकरण भएकाले अब विधेयकले कानुनको मान्यता पाउनेछ।