कोशी प्रदेशसभा बैठक आज, कांग्रेस सत्तापक्षको बेन्चमा बस्ने

कोशी प्रदेशसभा बैठक आज, कांग्रेस सत्तापक्षको बेन्चमा बस्ने
फाइल तस्बिर।
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशको प्रदेशसभा (संसद) बैठक आज (शुक्रबार) बस्दै छ। बैठक २ महिनापछि बस्न लागेको हो। 

गत असार ८ गतेदेखि बैठक स्थगित थियो। आज दिउँसो १ बजेका लागि बोलाइएको छ। नेकपा (एमाले) नेतृत्वको प्रदेश सरकारमा अहिलेसम्म सहभागी हुन नसकेको नेपाली कांग्रेस संसद बैठकमा भने सत्तपक्षकै बेन्चमा बस्ने भएको छ। 

यसअघि असार ८ गतेको बैठकमा भने प्रतिपक्षीको बेन्चमा थियो। केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै कांग्रेस सत्तापक्षमा पुगेको हो। यद्यपि, आन्तरिक भागबन्डा मिलाउन नसक्दा कोशी प्रदेश सरकारमा कांग्रेस सहभागी भएको छैन। सरकारमा सहभागी हुने निर्णय गरे पनि मन्त्रीको नाम पठाउन सकेको छैन। 

नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले मन्त्रीको नाम पठाउन नसकेपनि पूर्वसहमति अनुसार सत्तापक्षमै बस्ने जानकारी दिए। कार्यव्यवस्था परामर्श समितिको बिहीबारको बैठकमा नेपाली कांग्रेसले सत्ता पक्षमा बस्ने जानकारी गराएको थियो। सरकारबाट बाहिरिएको नेकपा (माओवादी केन्द्र) भने प्रतिपक्षको बेन्चमा बस्ने छ।

कोशी प्रदेशसभा सचिवालयमा ३ वटा विधेयक दर्ता छन्। आजको बैठकमा ३ वटै विधेयक संसदमा टेवल गरिने भएको छ। प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीका अनुसार प्रदेश निजामती ऐन, २०७९ लाई संसोधन गर्न बनेको विधेयक, केही प्रदेश ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएको छ।

सबैभन्दा पहिला प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक पास गर्ने तयारी छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.