हार्दिक आईभीएफ सेन्टरमा विशेष छुटसहित तिज अफर
![हार्दिक आईभीएफ सेन्टरमा विशेष छुटसहित तिज अफर](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_2qRUIa4Hf5_NTzlrzsLgi.jpg)
काठमाडौं : काठमाडौंको सिनामंगलको ऋष्टिल कम्लेक्समा उच्चस्तरीय सुविधा सहितको अन्तर्राष्ट्रिय स्तरको हार्दिक आईभीएफ एण्ड फर्टिलिटि सेन्टरले सञ्चालनको विशेष छुटसहित तिज अफर ल्याएको छ।
थुप्रै निःसन्तान सम्पत्तिहरूलाई सन्तान सुख दिन सफल यस सेन्टरले नेपाली हिन्दू महिलाहरूको महान चाड तीजको अवसर पारेर यही भदौ महिना भरीलाई उपलब्ध सेवाहरूमा विशेष छुटको व्यवस्था गरेको विज्ञप्ति मार्फत जानकारी गराएको छ।
सेन्टरले डाक्टर कन्सल्टेसन तथा टिभिएस (भिडियो एक्सरे) सेवा निःशुल्क, आईयुआई सेवामा ५० प्रतिशत छुट, आईभीएफ सेवामा १० प्रतिशत छुट, औषधी तथा ल्याब टेस्ट सेवामा १० प्रतिशत छुट दिने छ।
सेन्टरमा सुलभदरमा अन्तर्राष्ट्रियस्तरको उपचार सुविधा उपलब्ध रहेको तथा निःसन्तान वा प्रजनन समस्या भएका दम्पत्तिहरूलाई परामर्श सेवा सहित निःसन्तान हुनुको सही कारण पत्ता लगाई आईयुआई, आईभिएफ लगायतका अन्य उपचार सेवा सुपथ मूल्यमा उपलब्ध गराइरहेको जानकारी विज्ञप्तिमा उल्लेख छ।
अन्तर्राष्ट्रिय स्तरको भ्रुण बनाउने ल्याब तथा मशिन रहेको यस केन्द्रले पुरुषको विर्य जाँचदेखि भविष्यका लागि भ्रूण सुरक्षित राख्ने, बिर्य फ्रिजिर गरी सुरक्षित राख्ने, विवाहित वा अविवाहित महिलाले आफ्नो अण्डा सुरक्षित राखि भविष्यमा प्रयोग गर्न सक्ने सुरक्षित अण्डा, भ्रूण र विर्य भण्डारण केन्द समेत स्थापना गरेको छ।
हार्दिक आईभीएफ सेन्टरमा डाक्टर अर्चना शाक्य आबद्ध छिन्। उनी विगत १३ वर्षदेखि प्रसूति, स्त्री तथा निःसन्तान रोग सम्बन्धी उपचारमा संलग्न छिन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)