‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा जोडियो एड्ट्रा डट कम

‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा जोडियो एड्ट्रा डट कम
सुन्नुहोस्

काठमाडौं : युवा उद्यमीहरुले सुरु गरेको स्टार्टअप व्यवसायको प्रवर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरु गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा मोराइ कर्पोरेशन प्रा.लि  जोडिएको छ। अन्नपूर्ण मिडिया नेटर्वकको तीनकुनेस्थित केन्द्रीय कार्यालयमा भएको एक समारोहमा उक्त सम्झौता भएको हो। 

सम्झौतापत्रमा अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत र मोराइ कर्पोरेसन प्रा.लि सिईओ असिम श्रेष्ठ, सहसंस्थापक प्रविण कुमार शाहले हस्ताक्षर गरेका हुन्। यो  ई–लर्निङ कम्पनी हो। यसले ‘ एड्ट्रा ’ ब्राण्डमा देशका विज्ञहरूबाट सीप सिकाइका लागि तालिमसहित कोर्षहरु ई प्लेटफर्मबाट प्रदान गर्दै आइरहेको छ।  यसले दिने कोर्षहरु व्यावहारिक छन्। विषयगत विज्ञबाटै सीप सिकाई हुनेछ।

‘यो अभियानले हामी युवाहरूका लागि हौसला सहित प्रोडक्टको बजारीकरण गरिदिनेछ।’ मोराइ कर्पोरेशन प्रा.लि सिईओ असिम श्रेष्ठले भने ‘मिडियाले यस्तो अभियान सञ्चालन गर्नु निकै लाभदायी छ।’

यो अभियानमा  नेटवर्कका सबै प्लेटफर्महरु सहभागी हुनेछन्। नेटवर्कले हाल नेपाली संस्करण अन्नपूर्ण पोस्ट दैनिक, अंग्रेजी द अन्नपूर्ण एक्सप्रेस डेली, रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज, अनलाइन न्यूज पोर्टल अन्नपूर्ण पोस्ट डट कम, एपीवान टेलिभिजनलगायतका मिडिया प्लेटफर्महरु सञ्चालन गर्दै आइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.