वीरगन्जमा सडकका पोल र भित्तामा पर्चा पम्प्लेट टाँस्न रोक

वीरगन्जमा सडकका पोल र भित्तामा पर्चा पम्प्लेट टाँस्न रोक
सुन्नुहोस्

वीरगन्ज : सरसफाईलाई दिगो र प्रभावकारी बनाउन वीरगन्ज महानगरपालिका अभियान सुरु गरेको छ। जरिबानामार्फत सहर सफाईलाई क्लिन बनाउँदै आएको महानगरले अब माइकिङ मार्फत टोलटोलमा पुगेर सचेत गराउन सुरु गरेको हो।

सडक तथा खाली स्थानमा जथाभावी फोहोर नफाल्न भन्दै टोलटोलमा पुगेर सचेत गराउन थालिएको सरसफाई शाखा प्रमुख सर्फुद्दिन मियाँले बताए। सडक तथा खाली स्थानमा जथाभावी फोहोर नफाल्न भन्दै माइकिङमार्फत टोलटोलमा पुगेर नागरिक स्तरमै सचेतना जगाउने कार्य सुरु गरिएको उनले बताए। 

‘जरिवाना मात्रै नभई नागरिकलाई फोहोर गर्नु हुँदैन भन्ने धारणा वृद्धि गराउन सचेतना गराउने अभियान थालिएको हो,’ उनले भने ‘यो अभियान अन्तर्गत हरेक दिन हामी टोलटोलमा पुगेर नागरिकलाई सचेत गराउने छौँ।’  

महानगरले सडकका पोल र भित्तामा जथाभावी पर्चा पम्प्लेट टाँस्न पनि रोक लगाएको छ। सहरलाई अशोभनीय बनाएको भन्दै महानगरले नगर सचेतना अभियान थाल्दै पर्चा, पम्प्लेट र होडिङ बोर्ड जथाभावी लगाउन रोक लगाएको हो। 

पछिल्लो समय विभिन्न विज्ञापनहरूको पर्चा पम्प्लेट विद्युत पोल, सडक तथा भवनका भित्ताहरूमा टाँस्ने गरिएको छ। कलेजहरूले पनि विज्ञापनका होडिङ बोर्ड तथा ब्यानरहरू राख्ने गरेका छन्। तर अब कुनैपनि व्यक्ति वा संघसंस्थाले अनुमति नलिई जथाभावी रुपमा पर्चा, पम्लेट, ब्यानर टाँस्ने वा झुन्ड्याउन नपाउने महानगरले जनाएको छ। कसैले टाँसेको पाए उसलाई कारबाही गर्नुका साथै त्यसमा लेखिएको संस्थालाई पनि कारबाही हुने शाखा प्रमुख मियाँले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.