संसदमा एमालेको माग : पाँचथरमा भएको बम विस्फोटको घटनाको दोषी को हो ? गृहमन्त्रीले जवाफ दिनुपर्छ

संसदमा एमालेको माग : पाँचथरमा भएको बम विस्फोटको घटनाको दोषी को हो ? गृहमन्त्रीले जवाफ दिनुपर्छ
फाइल तस्बिर।

काठमाडौं : नेकपा एमालेले देशभर बेवारिसे बम कहाँ कहाँ छन् खोजि गर्नुपर्ने बताएका छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका मुख्य सचेतक महेश बर्तौलाले पाँचथरको फालेलुङ गाउँपालिका- ५ बम विष्फोट गम्भीर प्रकृतिको घटना भएकाले संसदमा जानकारी गराउन गृहमन्त्री रमेश लेखक समक्ष माग गरेका हुन्।

भदौ १३ गते फालेलुङ–५ का माओवादी कार्यकर्ताआइतराज केरुङको घरमा भएको विस्फोटमा परि ११ वर्षीय दिप्सन सावाँ र उनकी  २ वर्षीया बहिनी प्रिन्साको ज्यान गएको थियो। घाइते पवन राई र दिप्सन राईलाई किर्तिपुरको बर्न हस्पिटलमा उपचार भइरहेको छ। 

बम विफ्फोटबाट निधन भएका दुई जनाप्रति दुख व्यक्त गर्दै मुख्य सचेतक बर्तौलाले यस्ता घटनामा जोडिएका दोषीबारे संसदलाई जानकारी आग्रह गरेका हुन्। उनले सशस्त्र द्वन्द्वको समयमा छाडिएको बम विष्फोट भएको कुरा आइरहेकाले त्यसको जिम्मेवारी कसले लिने ? भन्दै प्रश्न गरे। उनले भने,‘ यस घटनामा जोडिएका दोषी को हो सरकारले बताउनुपर्छ, यस्तो गम्भीर प्रकृतिको घटनामा सरकारले सदनमा आएर जवाफ दिनुपर्छ । यस्तो गम्भीर प्रकृतिको घटनामा गृहमन्त्रीज्यूले संसदमा जानकारी गराउनु उपयु्क्त हुन्छ। संसद्मा आएर जवाफ दिन माग गर्न चाहन्छु।’

बर्तौलाले द्वद्वमा छाडिएका बम विस्फोट भएको जानकारी छापामाध्यममा आएको उनले जानकारी गराए।

फालेलुङ–५ का माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा विस्फोट भएको थियो। घरमा ठूलो मान्छे नभएको बेला चार जना केटाकेटी जम्मा भएर रमाइलो गर्दै खेलिरहेका थिए। घाइते दीपेशका अनुसार खेल्दाखेल्दै घर नजिकै एउटा मज्जाको डल्लो भेटियो । त्यसलाई फुटाएर हेर्ने उनीहरूलाई मन भयो । उनीहरूले फुटाउने कोसिस गरे । कसैगरी डल्लो फुटेन । हेम्मर ल्याएर उनीहरूले डल्लोलाई जोडले प्रहार गरे । ‘हेम्मरले हानेपछि ठूलो पडकएको थियो,’ घटना स्मरण गर्दै पवनले भने । 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.