एमाले मुख्यालयमा सुवास नेम्वाङको स्मृति सभा (फोटोफिचर)

एमाले मुख्यालयमा सुवास नेम्वाङको स्मृति सभा (फोटोफिचर)

काठमाडौं : एमालेका तत्कालीन उपाध्यक्ष  सुवासचन्द्र नेम्वाङको प्रथम स्मृतिमा एमालेका नेता/कार्यकर्ताले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। बुधबार नेम्वाङको प्रथम स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित स्मृति सभामा नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। 

nullस्वर्गीय नेम्वाङ २०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य तथा २०५६, २०७४ र २०७९ सालको संसदीय निर्वाचन तथा २०६४ र २०७० सालमा भएका संविधानसभा निर्वाचनमा इलामबाट विजयी भएका थिए। गत वर्ष भदौ २६ गते नेम्वाङको हृदयघातका कारण निधन भएको हो।

सभामा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओलीले संविधान निर्माण र जारी गर्न नेम्वाङको महत्वपूर्ण भूमिका रहेको स्मरण गरे । नेम्वाङ आफैले वैचारिक नेतृत्व गरको स्मरण गर्दै उनले इतिहासले सम्झिरहने पात्र रहेको जिकिर गरे।

कार्यक्रममा ओलीले सुभाषचन्द्र नेम्वाङलाई सदैव स्मरण गर्नका लागि केन्द्रीय प्रतिष्ठान बनाउने घोषणा समेत गरे।  सभामा नेम्वाङकी श्रीमती र सांसद एवम् छोरा सुहाङ समेत सहभागी थिए।

तस्बिर : अभिषेक महर्जन

nullnullnullnullnullnullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.